उर्लाबारी, ५ जेठ । मोरङको उर्लाबारी ७ मा रहेको भृकुटी मोडल एकेडेमीबाट 4 GPA ल्याउने आइसा चापागाईंलाई विद्यालयले नगद एक लाख सहित सम्मान गरेको छ । विद्यालयले अन्य विद्यार्थीलाई प्रत्साहन स्वरुप अन्य विद्यार्थीहरूलाई जनही ५ हजार नगदसहित सम्मान गरिएको छ ।
विद्यालय शनिबार एक विशेष कार्यक्रमको आयोजना गरि SEE उत्तीर्ण सम्पुर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना प्रदान गरेको हो । विद्यालयका कोओर्डिनेटर महेन्द्र बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालयका प्रबन्ध निर्देशक अम्बरबहादुर काफ्ले र निर्देशक पवन भट्टराईले शुभकामना दिनु भएको थियो ।




SEE उत्तीर्ण विद्यार्थी, अभिभावक, शिक्षकहरूको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा सबै विद्यार्थीको नाम सम्मिलित कविताबाट शिक्षक वीरेन्द्र अधिकारीले स्वागत एवम् शुभकामना दिनु भएको थियो ।
विद्यालयबाट SEE परिक्षामा सहभागि ३४ विद्यार्थीमा एक ४ GPA र अन्य ३३ जनाले ३.६ माथि GPA सहित सतप्रतिशत नतिजा प्राप्त गरेको छ।
कक्षा १२ सम्म पढाई हुने विद्यालयमा Science, management, Hotel management पढाई हुदै आएको छ । ११/ १२ मा उत्कृष्ट नतिजा निकाल्दै आएको विद्यालयले पुर्वमा शैशिक क्षेत्रमा ठुलो योग्दान पुर्याउदै आएको अभिभावकहरु बताउछन । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कोओर्डिनेटर महेन्द्र खुलालले विद्यार्थी भाइबहिनी, अभिभावकको चाहाना अनुरुप र विश्व बजारमा विक्ने, टिक्ने गरि कक्षा ११ र १२ मा शिक्षण शिकाई हुदै आएको बताउनु भयो ।

बधाई तथा शुभकामना कार्यक्रममा विद्यार्थीहरुले हर्वउल्लासका साथ गायन, नित्य सहित विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक याम अधिकारीले गर्नुभएको थियो ।




