उर्लाबारी, असोज २६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, इन्जिनियर मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार खुलातर्फ भण्डारी र आचार्य तथा समावेशीतर्फ चौधरी उपसभापतिमा निर्वाचित भएका हुन्। 
उपसभापतिका तीन पदमध्ये दुई पद खुला प्रतिस्पर्धाबाट र एक पद समावेशी समूहबाट चयन गरिएको हो। निर्वाचनमा भण्डारीले सबैभन्दा बढी मत प्राप्त गरे भने आचार्य खुलातर्फ दोस्रो स्थानमा रहे। समावेशीतर्फ चौधरीले निकटतम प्रतिस्पर्धी जीवन परियारलाई पछि पार्दै उपसभापतिको जिम्मेवारी प्राप्त गरेका छन्। 
डा. चन्द्रकान्त भण्डारीले ३,७३५ मत: खुलातर्फ सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित यस्तै इन्जिनियर मधु आचार्यले २,३४२ मत: खुलातर्फ दोस्रो स्थानमा रहेर निर्वाचित र विनोदकुमार चौधरीले १,७४५ मत: समावेशीतर्फ निर्वाचित भएका हुन ।
खुलातर्फ प्रतिस्पर्धा गरेका गोविन्द भट्टराईले १,७५२, सुरेन्द्रराज पाण्डेले १,६७३, धनराज गुरुङले १,५९६ र दीपक गिरीले ९२३ मत प्राप्त गरे। समावेशीतर्फ जीवन परियारले १,६५८, फरमुल्लाह मन्सुरले १,१४४, सीता गुरुङले १,११२ र रञ्जित कर्णले ५६२ मत पाए। 
तीनै जना उपसभापति निर्वाचित भएसँगै कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन प्रक्रियाले पूर्णता पाउने दिशामा अघि बढेको छ। निर्वाचन परिणामले खुला र समावेशी दुवै समूहबाट पार्टीको नेतृत्वमा प्रतिनिधित्व सुनिश्चित गरेका छन ।
#NewsUpdate #nonfollowers #follower #nepalicongress #नेपालीकांग्रेस #nepalicongress #GaganThapa #purbipress








