उर्लाबारीमा छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबारे फुटबल क्लबको आयोजनामा आगामी वैशाख ३ गतेदेखि आयोजना हुने सो प्रतियोगिताको तयारीका लागि आयोजक क्लव दौडधुप गरिरहेको छ । यसैबिच मंगलबार उर्लाबारी वडा नम्बर ३ को कार्यालयमा एक कार्यक्रमबीच प्रतियोगिताको टाईसिट सार्वजनिक गरिएको छ ।

आयोजक क्लव, जनप्रतिनिधी र ९ वटै वडाका खेल प्रतिनिधीलगायतको उपस्थितीमा गोला प्रकृयाबाट सार्वजनिक गरिएको उक्त खेल तालिकाअनुसार उद्घाटन खेल वडा नम्बर ३ र ४ बिच प्रस्तावित सालबारी रंगशालामा आयोजना हुनेछ । यस्तै वैशाख ४ गते वडा नम्बर ६ र ७ बिच खेल संचाला हुनेछ ।

खेल संयोजक विजय माझीकाअनुुसार उर्लाबारीका ९ वटै वडाको सहभागिता रहने सो प्रतियोगिताको फाईनल खेल आगामी वैशाख १० गते हुनेछ । सो प्रतियोगिताको विजेताले ७५ हजार नगद , उप विजेताले ५० हजार नगद सहित ट्रफी , मेडल र प्रमाण पत्र प्रदान गर्ने खेल संयोजक माझीले बताए । यस्तेै आयोजकले प्रतियोगितामा विभिन्न विधाहरुमा खेलाडी सम्मान समेत गरिने बताएको छ ।

त्यस्तैगरी सो प्रतियोगिता संचालनको लागि करिव ५ लाख ६५ हजार खर्च हुने अनुमान गरिएको छ । उर्लाबारी नगरपालिकाबाट ३ लाख र अन्य सहयोगि दाता तथा संस्थाहरुबाट करिव २ लाख ६५ हजार संकलन हुने अनुमान गरिएको आयोजक क्लबका खेल व्यवस्थापन संयोजक राजन सुवेदिले बताए ।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलाडी’ भन्ने मुल नाराका साथ सो प्रतियोगिता आयोजना हुनेछ ।

क्लबका अध्यक्ष पिपलराज गिरीको अध्यक्षतामा सम्पन्न टाईसिट सार्वजनिक कार्यक्रमको सञ्चालन क्लबका सचिब सन्तु लिम्बूले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय