उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका मा आइतबार राति एक युवकले आफ्नै मामाको हत्या गरेका छन् उर्लाबारी का २२वर्षीय सुजन पाँचकोटीले धारिलो हतियार बाम्फोक (दाउ)ले टाउकोमा प्रहार गरेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेको मोरङप्रहरीले जनाएको

मोरङ प्रहरिका प्रवक्ता दिपक श्रेष्ठका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका  घर भएका महरा दिनदेखि उर्लाबारीस्थितबहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका थिए खाना खाएर सुतेका उनीमाथि भान्जा (बहिनीका छोरा) सुजनले राति ११ः४०बजेतिर बाम्फोकले प्रहार गरेको खुलेको उनले बताए

निद्रामा रहेका बेला बाम्फोक प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमालगिएको थियो उपचारकै क्रममा सोमबार बिहानका राति बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको

शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीकाप्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले हत्यामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरेर घटनाको अनुसन्धान थालेको हत्याको कारण खुलेको छैन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय