
उर्लाबारी । काठमाडौं । करिब ३ महिनाअघि रोजगारीका लागि पोल्याण्ड पुगेका मोरङ उर्लाबारी-३ मंगलबारेका गोविन्द न्यौपानेको सवारी दुर्घटनामा परी पोल्याण्डमा मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ पोल्याण्डका अनुसार न्यौपानेको सोचचजेवमा सवारी दुर्घटनामा परी असामयिक निधन भएको जनाएको छ । गैरआवासीय नेपाली संघ पोल्याण्डले सामाजिक संजालमा घटनाको बारेमा पोष्ट गर्दै जानकारी दिइएको हो ।
मृतक न्यौपानेको आगामी विहिबार पोल्याण्डमै अन्तेष्टिको तयारी थालिएको मृतकका काका डिल्ली न्यौपानेले बताउनु भयो ।



