उर्लाबारी, १६ असार । मोरङको उर्लाबारी-६ मा संचालनमा रहेको अश्रय मेडिकल हलमा अवैध गर्भपतन गराउन समल्गन भएको आरोपमा स्त्री रोग विशेषज्ञ डां ममता पंडित माथी पक्राउ पुर्जी जारी भएको छ ।
घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएस्पी रञ्जन दहालले भने-“अवैध गर्भपतनको आरोपमा मेडिकल संचालक सन्तोष घिमिरे पक्राउ परेका थिए उनकै बयानका क्रममा संचालकले डाक्टरको पनि समलग्नता रहेको बयान दिएपछि उनिमाथी पक्राउ पुर्जी जारी गरी उनको खोजी कार्य भईरहेको छ।”
मोरङको उर्लाबारी-३ मंगलबारेमा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत डाक्टर ममता पंडित नै आर्थिक प्रलोभनमा परेर अवैध गर्भपतनको बाटोमा समलग्न भएको आरोपमा उनि माथी प्रहरीले निगरानी बढाउदै आएको थियो ।
तर आरोपित घिमिरेले यस अघि बयानमा डाक्टरको समलग्ना बारे प्रष्ट रुपमा नबोलेका कारण डाक्टर सम्म प्रहरी पुगेको थिएन ।
घटनाको सुरुमा प्रहरीले घिमिरेलाई मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा गर्भपनतका विषयमा छलफल भईरहेको ठाउमा उनि माथी स्थानिय र आफन्तले आरोप लगाएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
उनि पक्राउ परेको केही समयमै उनिमाथी किटानी जाहेरी परेपछि पहिलो पटक ईलाका प्रहरी कार्यालय उर्लाबारीले जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी उनिमाथी अनुसन्धान थालेको थियो ।
पहिलो पटकको अनुसन्धानमा घिमिरेले वयानमा डाक्टरको नाम लिएका थिएनन् त्यसपछि प्रहरीले घिमिरेको अनुसन्धान नसकिएको भन्दै थप एक दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।
दोस्रो पटकको थप अनुसन्धानमा घिमिरेले डाक्टरको समलग्नाबारे मुख खोलेपछि डाक्टर पंडितलाई पक्राउ गर्न मोरङ प्रहरीले जिल्ला अदालत मोरङबाट असार १४ गते विहिबार पक्राउ पुर्जी जारी गरी खोजी गरीरहेको जनाएको छ ।
यस्तो थियो घटनाक्रमः
गत जेठ २५ गते विहिवार झापाको दमक नगरपालिका-४ बस्ने एक ४० वर्षिया कल्पना राई गर्भपरिक्षणका लागि उर्लाबारी-६ मधुमल्ला रोडमा रहेको अश्रय मेडिकल हलमा पुग्नु हुन्छ ।
त्यहा पुगेर उहाले गर्भ परिक्षण गराउदा पेटमा २० हप्ता अर्थात ५ महिनाको छोरी रहेको थाहा भएपछि उहाले घरेलु समस्या देखाउदै गर्भपतन गराउने सल्लाह मेडिकल संचालक सग माग्नु हुन्। उहालको सल्लाह बमोजिम मेडिकलहलका संचालकले उहालाई गर्भपतनका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर ममता पंडितलाई बोलाईदिने र २५ हजार रुपैया लाग्ने प्रस्ताव राखेको मृत महिला कल्पाना राई सगै साथी गएकी होपेनी सोरेन बताउनु हुन्छ ।
त्यसपछि उहाहरु दुवै घर फर्किनु हुन्छ र जेठ ३२ गते विहान ८ बजेतिर पुनः मृतक राई सोही मेडिकल हलमा पुगेर डाक्रटरको सल्लाह बमोजिम नै औषधी सेवन गरेको र सोही औषधीका कारण मृत्यु भएको किटाने जाहेरी उहाका श्रीमान युवराज राईले दिएपछि घिमिरे अहिले हिरासतमा रहनु भएको छ ।
डाक्टरको सल्लाह बमोजिम गर्नु भनेपनि घिमिरेले संचालन गरेको मेडिकलहलले प्रसुति गराउने अनुमति पाएको छैन् । उहाले अनुमति नै नपाएको क्लिनिकमा विरामी परिक्षण गर्न आउने डाक्टर सग मिलेमत्तो गरी पैसाको प्रलोभनमा पारेर अवैध गर्भपतन गराउने गरेको खुलसा यो घटनाले उजागर भएको छ ।
जेठ २५ मा गर्भपरिक्षण गराउन गएकी ति महिला करिव ७ दिन पछि आर्थत असार-१ गते शुक्रवार रक्तश्राव भएको भन्दै श्रीमानलाई साथमा लिएर उपचारका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर पुग्छिन् ।
अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको पेटमा भएको शिशुको मृत्यु भईसकेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा कार्यरत मेडिकल अफिसर डाक्टर सुमन यादव बताउनु हुन्छ ।
शल्यक्रिया पश्चात महिलाको रक्तश्राव नरोकिएपछि अस्पतालले विरामीको थप उपचारका लागि केही डाक्टरको साथ सहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शनिवार राति नै पठाउछ तर ति महिलाले उपचारकै क्रममा राईको मृत्यु हुन्छ ।
महिलाको मृत्यु भएपछि आईतवार विहान मृतका आफन्त र स्थानियले अस्पताल परिसरमा शव राखेर क्षतिपुर्तिको माग सहित उपचारमा डाक्टरको लार्पवाही भएको भन्दै विरोध गर्न थालेपछि प्रहरीले घटनाको बारेमा छानविन अगाडी बढ्यो ।
छानविनका क्रममा महिलाको अवैध गर्भपतनको प्रक्रिया आश्रय मेडिकलहलबाट सुरु भएको र घटनामा मेडिकलको समलग्नता रहेको पाईएपछि ईलाका प्रहरी कार्यालय उर्लाबारीले मेडिकल संचालकलाई नियन्त्रण लिएर अनुसन्धान अगाडी बढाएको छ ।
छलफलका क्रममा मेडिकल संचालकले डां ममता पंडितको नाम लिएपनि मृतकका आफन्तले प्रहरीमा दिएको किटानी जोहेरीमा घिमिरेको मात्र नाम उल्लेख गरेपछि प्रहरीले अहिले घिमिरेमा केन्द्रित भएर अनुसन्धान अगाडी बढाई रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङले बताउनु भयो ।
नेपालको प्रचलित कानुन अनुसार हेर्ने हो भने कसुरदार घिमिरेको आरोप प्रमाणित भए १८८ को (३) को (ख) अनुसार प्रमाणित भए १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए ३ वर्षसम्म कैदसार प्रमाणित भए १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए ३ वर्षसम्म कैद र ३० हजार रुपैया जरिवाना हुने व्यावस्था छ ।
तर यहा गर्भपतन मात्रै नभएर गर्भवती महिलाको मृत्यु समेत सोही कारण भएका कारण उनलाई अन्य कानुन पनि आर्कषित हुन सक्ने देखिएको छ ।
यो पनि पढनुहोस
अवैध गर्भपतन प्रकरणः अनुसन्धान जारी छ दोषी ठहरिय डाक्टर पनि छोडिन्न्ः प्रहरी निरिक्षक नेम्वाङ
अवैध गर्भपतन प्रकरणः- डा. ममता पंडितलाई अस्पतालले जागिरबाट हटायो
अवैध गर्भपतनले निम्त्याएको जोखिम, महिलाको मृत्युः मेडिकल संचालक घिमिरे पक्राउ