उर्लाबारी, जेठ १ । मोरङको उर्लाबारी नगरपालिकामा ड्राईभिङ तालिमका नाममा पहुचवालाहरुकै हालिमुहाली रहेको पाईएको छ ।
निम्न आर्थिक अवस्था भएका, गरिवीको रेखामुनी परेका आदिवासी जनजाती र सिमान्तकृत वर्गका नागरिकलाई आयमुलक तालिम दिएर आर्थिक उपार्जनमा सहयोग पुर्याउने हेतुले आयोजना गर्न लागिएको तालिम भएपनि पहुचवालाहरुकै छोराछोरीको नाम प्रकाशित भएको पाईएको छ ।
प्रकाशित नामावलीमा उर्लाबारी नगरपालिका-१ का अध्यक्ष तिलक पाण्डेका छोरा, उर्लाबारी नगरपालिका-५ का पुर्व अध्यक्ष तथा नेपाल रेडक्रस सोसाईटी उर्लाबारी शाखाका अध्यक्ष भानु पराजुलीकी छोरी, वडा नम्वर-५ का वडा सदस्य सुरेस आर्चायकी छोरी सहित आर्थिक अवस्था दर्विलो बनेका पहुचवालाहरुकै छोराछोरीको नाम समावेश भएको छ ।
नगरपालिकाले जेठ १ गते प्रकाशित गरेको अन्तिम नामावालीमा वडा नम्वर-१ का अध्यक्ष पाण्डेका छोरा सन्दिप पाण्डेको नाम समावेश छ ।
यस्तै बैशाख २० गते प्रकाशित सुचनामा निवर्तमान अध्यक्ष पराजुलीकी छोरी निशा पराजुली, सोही वडाका वडासदस्य आर्चायकी छोरी सुरेखा आर्चाय लगाएतको नाम प्रकाशन भएको छ ।
उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक विकास कार्यक्रम अन्र्तगत ३० जनाको कोटामा ३ महिना अगाडी सुचना प्रशाशित गरेको थियो ।
सोही सुचनाका आधारमा वडा बाट सिफारिस भएका आएका नामहरुलाई उर्लाबारी नगरपालिकाले प्रमाणित गरी प्रकाशन गरेको हो ।
नगरपालिका स्रोतका अनुसार सिफारिस भएका नामहरुमा पहुचवलाहरु, आर्थिक रुपमा सवल र राजनैतिक पृष्ठभुमि गासीएका व्याक्तिका छोराछोरी र श्रीमान श्रीमतीको नाम समावेश भएको विषयमा आवज उठेपनि उर्लाबारी नगरपालिका मेयर गंगाप्रसाद खरेलले जस्ताको तस्तै प्रमाणित गरेको जनाएको छ ।
निर्वाचन ताका विधी, निती र मापदण्ड भन्दा तलमाथी काम नगर्ने प्रण गरेका मेयर खेरलले ड्राईभिङ तालिमका नाममा सिफारिस भएका व्याक्तिहरु मापदण्ड भन्दा माथिका भएको थाहा हुदाहुदै पनि जस्ताको तस्तै प्रमाणित गर्न निर्देशन दिएको स्रोतले बतायो ।
यता उर्लाबारी नगरपालिका वडा नम्वर-५ का निवर्तमान वडाध्यक्ष भानु पराजुलीले तालिममा आफ्नी छोरीको नाम समावेश भएको जानकारी पाएपछि नाम हटाईदिन आग्रह गरेका बताउनु भयो । सोही विषयमा वडा नम्वर-१ का अध्यक्ष तिलक पाण्डे र ५ का सदस्य आर्चायलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।