खड्ग बहादुर नेपाली वेदना
 रतुवामाई /दाेश्राे संस्करणकाे मिनि-म्याराथान खेलकुद प्रतियाेगिता २०८२ काे खुल्ला तर्फ मनाेज साेरेनले प्रथम उपाधि हात पारेकाछन् ।
युवा तथा खेलकुद समिति रतुवामाई ९ काे आयाेजनामा शनिबार बिहान भएकाे मिनी म्याराथान प्रतियाेगितामा साेरेनले ६० मिनेटकाे समयमा ईटहराबाट साेमबारे र पुन साेमबारेबाट ईटहरा सम्म दाैडदै ३७ मिनेटमा पार गरि सबैलाई उछिन्दै उपाधि हात पारेका हुन् । उपाधी हात पारेसँगै उनले नगद १२ हजार,शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेकाछन् ।
त्यस्तै दोश्रो स्थान जैदिप हस्दा,तेस्रो स्थान गणेश लिम्बुले हात पारे । उनीहरुले क्रमश नगद ८ हजार, ५ हजार र शिल्ड,मेडल प्रमाण पत्र प्राप्त गरे । त्यस्तै गरी अन्डर सिक्टिन तर्फ सुरेन्द्र मुर्मु प्रथम,विवेक परियार द्धितिय र गोपि न्यौपानेले तृतिय स्थान हासिल गरेकाछन् । उनीहरुले क्रमश नगद ५ हजार,३ हजार,२ हजार नगद र शिल्ड,मेडल प्रमाणपत्र प्राप्त गरे । त्यस्तै अन्डर सिक्टिनको महिला तर्फ प्रिति राई प्रथम र बिपना ठटाल द्धितिय भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय