उर्लाबारी, ७ असार । मोरङको उर्लाबारी-६ मा संचालनमा रहेको अश्रय मेडिकल हलका संचालक सन्तोष घिमिरे यति बेला अवैध गर्भपन प्रकरणको केसमा प्रहरी हिरासतमा रहेका छन् ।
गत जेठ २५ गते विहिवार झापाको दमक नगरपालिका-४ बस्ने एक ४० वर्षिया महिला आफ्नो गर्भपरिक्षणका लागि उर्लाबारी-६ मधुमल्ला रोडमा रहेको अश्रय मेडिकल हलमा पुग्छिन ।
त्यहा पुगेर उनले गर्भ परिक्षण गराउदा पेटमा २० हप्ता अर्थात ५ महिनाको छोरी रहेको थाहा थाहा हुन्छ । त्यसपछि उनले गर्भपतन गराउने सल्लाह राख्छिन उनको सल्लाह बमोजिम मेडिकल हलका संचालकले उनलाई गर्भपतनका लागि डाक्टर बोलाईदिने र २५ हजार रुपैया लाग्ने प्रस्ताव राख्छन्।
उनको प्रस्ताव बमोजिम ति महिलाले गर्भपतन गर्ने तयारी गर्छिन् र संचालकले मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर ममता पंडितलाई बोलाउछन् ।
उनले डाक्टरको सल्लाह बमोजिम गर्नु भनेपनि उनले संचालन गरेको मेडिकलहलले प्रसुति गराउने अनुमति पाएको छैन् ।
उनले अनुमति नै नपाएको क्लिनिकमा विरामी परिक्षण गर्न आउने डाक्टर सग मिलेमत्तो गरी पैसाको प्रलोभनमा पारेर अवैध गर्भपतन गराउने गरेको खुलसा भएको हो ।
जेठ २५ मा गर्भपरिक्षण गराउन गएकी ति महिला करिव ७ दिन पछि आर्थत असार-१ गते शुक्रवार रक्तश्राव भएको भन्दै श्रीमानलाई साथमा लिएर उपचारका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर पुग्छिन् ।
अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको पेटमा भएको शिशुको मृत्यु भईसकेको उपचारमा समलग्न डाक्टरहरुले बताउछन् ।
शिशुको मृत्यु भएपनि शिशु पठेघरबाट बाहिर निस्कने प्रक्रियामा रहेका कारण प्रसुति गराउने प्रक्रिया अनुरुप नै अस्पतालले महिलाको उपचार अगाडी बढाउछ तर सो प्रक्रिया सफल नहुने भएपछि अस्पतालले अन्यन्त्र लैजान भनेर रिफर गर्ने तयारी गर्छ तर आर्थिक अवस्था कमजोर भएका कारण अन्यत्र लैजान नसक्ने परिवारले बताएपछि अस्पतालले महिलाको शल्यक्रिया गरेर पेटको बच्चा त निकाल्छ तर रक्तश्राव भने नियन्त्रण हुन सक्दैन ।
त्यसपछि अस्पतालले विरामीको थप उपचारका लागि केही डाक्टरको साथ सहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शनिवार राति नै पठाउछ तर ति महिलाले उपचारकै क्रममा मृत्यु वरण गर्छिन् ।
त्यसपछि आईतवार विहान मृतका आफन्त र स्थानियले अस्पताल परिसरमा शव राखेर क्षतिपुर्तिको माग सहित उपचारमा डाक्टरको लार्पवाही भएको भन्दै विरोध गर्न थालेपछि घटनाको बारेमा छानविन अगाडी बढ्यो ।
छानविनका क्रममा महिलाको अवैध गर्भपतनको प्रक्रिया आश्रय मेडिकलहलबाट सुरु भएको र घटनामा मेडिकलको समलग्नता रहेको पाईएपछि ईलाका प्रहरी कार्यालय उर्लाबारीले मेडिकल संचालकलाई नियन्त्रण लिएर अनुसन्धान अगाडी बढाएको छ ।
छलफलका क्रममा मेडिकल संचालकले डां ममता पंडितको नाम लिएपनि मृतकका आफन्तले प्रहरीमा दिएको किटानी जोहेरीमा घिमिरेको मात्र नाम उल्लेख गरेपछि प्रहरीले अहिले घिमिरेमा केन्द्रित भएर अनुसन्धान अगाडी बढाई रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङले बताए ।
नेम्वाङले भने-“घटनाका बारेमा शुक्ष्म रुपमा अनुसन्धान अगाडी बढेको छ, घिमिरेको वयान लिने काम भइरहेको छ, प्रहरीले बयान र कानुन हेर्ने हो बयानका क्रममा खुल्न आएका डाक्टर मात्रै हैन ईन्जिनियर नै समलग्न रै‘छन् भने पनि पक्राउ पर्छन, कसैलाई छाडिदैन।”
अवैध गर्भपतनका कारण महिलाको मृत्यु भए सगै स्थानियहरुले डाक्टरमाथी पनि अनुसन्धान हुनु पर्ने माग राख्दै आएका छन् ।
ADVERTISEMENT