उर्लाबारी, ५ असार । मोरङको उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा कार्यरत डा. ममता पंडितलाई अस्पतालले जागिरबाट हटाएको जनाएको छ ।
अस्पताल स्रोतले दिएको जानकारी अनुसार डा. पंडितमाथी अवैध गर्भपतन गराउन मेडिकल संचालक सग मिलेमत्तो गरेको आरोप लागेपछि उनलाई जागिरबाट हटाएको जनाएको छ ।
डा. ममता सो अस्पतालमा स्त्री रोग विशेषज्ञ डाक्टरका रुपमा कार्यरत रहेकी थिईन । तर उनलाई अवैध गर्भपतन जस्तो गम्भिर आरोप लागेपछि जागिरबाट विदा दिइएको बताइएको छ ।
यो पनि पढ्नु होस
१. https://purbipress.com/headline/2188/
२. https://purbipress.com/headline/2185/
ADVERTISEMENT