Pउर्लाबारी उद्योग वाणिज्य संघलाई २० थान डस्टबिन हस्तान्तरण गरिएको छ । मंगलबार वाणिज्य संघको सभाहलमा एक कार्यक्रम आयोजना गरि बैंकले २० थान डस्टबिन हस्तान्तरण गरिएको वाणिज्य संघकी महासचिव सम्झना खतिवडाले बताईन् ।
मंगलबार बैंकका उर्लाबारी शाखा प्रबन्धक सीताराम दरालसहित एक्सलका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्की र बजार व्यवस्थापक गजेन्द्र ढकाललगायतले सो डस्टबिन संघलाई हस्तान्तरण गरेको थियो ।




यस्तै डस्टबिन ग्रहण गर्ने क्रममा वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बुले बैंकप्रति आभार व्यक्त गर्दै उनले तत्काल डस्टबिन उर्लाबारी चोक क्षेत्रमा राखिने बताएका थिए ।
यता संघको संयोजनमा मंगलबार दिउसो उक्त डस्टबिन उर्लाबारी चोक क्षेत्रमा राखिएको थियो । सो अवसरमा संघले उर्लाबारी नगरपालिकाबाट प्राप्त थप ३० थान डस्टबिन समेत उचित व्यवस्थापन गरि राख्ने कार्य समेत सम्पन्न गरेको छ ।




