खैतान/
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको उपाध्यक्षमा उर्लाबारी नगरपालिका वडा नम्बर ३ मंगलबारे निवासी जीवन निरौला सर्वसम्मत निर्वाचित भएका छन्। गत ४ अगस्टमा खैतानस्थित होटल राजधानी प्यालेसको सभाहलमा सम्पन्न नवौं राष्ट्रिय एकता महाधिवेशनबाट सन् २०२५–२०२७ कार्यकालका लागि उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।

 

महाधिवेशनबाट ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको अध्यक्षमा मानबहादुर तामाङ, वरिष्ठ उपाध्यक्षमा दामोदर बटला, उपाध्यक्षमा निरौला र शेराज अहमद सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रमिता तामाङ, महासचिवमा विजय धामी, सचिवमा दूतबहादुर लोप्चन र दीपक श्रेष्ठ, कोषाध्यक्षमा सोनम लामा, सह–कोषाध्यक्षमा शेरजंग घले चयन भएका छन् ।

महिला संयोजकमा गीता थापा, युवा संयोजकमा फुर्व मोक्तान, सह–युवा संयोजकमा राजु पुन मगर र प्रवक्तामा हर्क मोक्तान चयन भएका छन् । यस्तै समितिको आइसीसी सदस्यमा विष्णु परियार चयन भएका छन् ।

निर्वाचन अधिकृत आनन्द आचार्यका अनुसार निर्वाचित पदाधिकारीहरूलाई मंगलबार साँझ आयोजित विशेष कार्यक्रमका बीच प्रमाणपत्र वितरण तथा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

नव–निर्वाचित उपाध्यक्ष निरौला नेपाली कांग्रेस निकट नेपाल जनसम्पर्क समिति कुवेतका सह–महामन्त्री समेत हुन् ।

संघले कुवेतमा रहेका नेपालीहरूको हक, अधिकार र हितको संरक्षणका लागि आवश्यक समन्वय तथा सहयोग गर्दै आएको छ । साथै, आपतकालीन राहत, आर्थिक अभावमा सहयोग र मातृभूमिसँगको सम्बन्ध सुदृढ गर्ने कार्यमा संघ क्रियाशील रहदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय