मंगलबारे भेट्रान क्लबको आयोजनामा शुक्रबार बिहान उर्लाबारी–३ मंगलबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिहान ७ बजेदेखि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको गेट अगाडि सञ्चालन गरिएको कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष राजन सुवेदीले जानकारी दिए।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले प्राविधिक सहयोग प्रदान गरेको थियो।

सो अवसरमा उपशाखाका अध्यक्ष भानुभक्त शर्मा पराजुलीले मानविय भावनाले प्रेरित भई रक्तदान जस्तो महत्वपूर्ण कार्यमा सक्रिय सहभागिता जनाएकोमा सक्षम उर्लाबारीवासीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

 

रक्तदानमा वडाध्यक्ष भिष्मराज बुढाथोकी, ट्रमा सेन्टरका सर्जन डा. योगेश मण्डल, डा. सिजन कार्की, अस्थाई प्रहरी चौकी मंगलबारेका प्रमुख प्रहरी सहायक निरिक्षक विष्णु बहादुर कट्वाललगायत समाजिक अगुवा तथा युवाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय