रंगेली, १२ पुष । कोशी प्रदेशको सिमावर्ती क्षेत्र झापा र मोरङ जिल्लाको तल्लो भेगमा सरस्वती पुजाको छेका पारेर नेपाल भित्रने भारतीय मुलका कालिगढहरु सरस्वती माताको मुर्ति बनाउन व्यस्थ हुने गर्दछन् ।
मोरङ र झापाका सिमाबर्ति क्षेत्रमा बसोवास गर्ने भारतिय कालिगढहरु मंसिर महिनाको सुरुवात सगै नेपाल भित्रने गर्दछन् ।
नेपाल आएपछि उनिहरुले नेपालीहरुको घर तथा जग्गा भाडामा लिएर करिव ३ महिना पराल, माटो र बाँसको प्रयोग गरि कलात्मक तवरले सरस्वतीको मुर्ति बनाएर विक्रीवितरण गर्ने गर्दछन् ।
तीन महिनाको अबधिमा ८० हजार देखि १ लाख नेपाली रुपैयाँ सम्म कमाएर उनिहरुले भारत भित्राउने गरेका छन् ।
उनिहरुले पराललाई डोरीले बाँधेर हात, खुट्टा, र शरिरको आकृति निकालेर त्यसलाई चिम्टाईलो माटोले उक्त आकृतिमा माटोले लिप्ने गर्दछन् ।
त्यस पछि उक्त मुर्ति लाई घाममा सुकाएर बिभिन्न रंग रोगन गरेर बिक्रीवितरण गर्ने गर्देछन । तराईका जिल्लाहरुमा यस्ता मुर्तिहरुको बढी मात्रामा खरिदविक्री हुने गरेका कारण भारतियहरु नेपाल आएर सरस्वती पुजाका लागि तयार पारीने मुर्ति बनाएर नेपाली पैसा भारत लैजाने गरेका छन् ।
भारत अररिया डाईनियाका कमलान्नद पंण्डित बिगत ४० बर्ष देखि यही पेशामा रमाउदै आएका छन्, उनि हरेक वर्ष नेपालमा सरस्वती पुजा आउनु भन्दा ३ महिना अगाडी नेपाल आउछन् र आफ्नो कलाकारिताको माध्यमबाट सरस्वतीको मुर्ति बनाएर नेपालीहरुलाई विक्री गर्ने गरेका छन् ।
जस्को आम्दानीबाट आफु सस्तुष्ट रहेको उनि बताउछन् । उनले मुर्ति निर्माण गरेको माटोको मुर्ति ७ देखी १५ हजार रुपैयाँ प्रतिगोटा सम्म विक्रि गर्ने गरेका बताउछन्।
तराईका जिल्लाहरुमा सरकारी तथा निजि बिधालयका बिधार्थिहरुले बसन्त पंचमी अर्थात सरस्वती पुजाकोे दिन उक्त मुर्ति खरिद गरेर विशेष पुजा गर्ने गरेका छन । यसपटको सरस्वती पुजा माघ ९ गते रहेको छ ।








