काठमान्डौ, २३ साउन । काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर बुधबार दिउसो दुर्घटनामा परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ः१४ मा उडेको हेलिकप्टर केही समय पछि सम्पर्क विहिन भएको थियो । सम्पर्क विहिन भएको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनामा परि ४ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।
नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।
चार चाइनिज नागरिक लिएर लिएर रसुवाको स्याफ्रुबेसी जाँदै गरेको अवस्थामा सूर्यचौरमा दुर्घटना भएको हो । हेलिकप्टमा पाइलट अरुण बल्लसहित पाँच जना सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय