उर्लाबारी, २५ साउन । आगामी भदौँ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका ४ राजनैतिक दल सम्मिलित लोकतान्त्रिक समावेसी व्यावसायीक साझा गठबन्धनले उम्मेदवारी घोषणा गरेको छ ।
शुक्रबार उर्लाबारी-७ स्थित उर्लाबारी पार्टी प्यालेसको सभाहलमा एक कार्यक्रमका बिच गठबन्धनका सयोजक सुरेन्द्र लिम्वुले उम्मेदवार घोषणा गर्नु भएको हो ।
संघको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस सर्मथक व्यावसायीका तर्फबाट अध्यक्षमा तारामान सिरेङ, बरिष्ठ उपाध्यक्षमा निर्मला चौहान, उद्योग उपाध्यक्षमा प्रभु राई, वाणिज्य उपाध्यक्षमा राम प्रसाद धिमाल (बाङगाई), महासचिवमा माओवादी सर्मथक व्यावासायीका तर्फबाट पवन चौधरी, उद्योग सचिवमा भेषबन्धु निरौला, वाणिज्य सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा, दशरथ यादव (बेचन), सदस्यहरुमा फुर्वा तामाङ, मदन धिमाल, दिपक कार्की, केशव भट्टराई र सोम बहादुर गजमेर रहनु भएको छ ।
लेखा समिती संयोजकमा राप्रपाका तर्फबाट मनोज लुइटेल, सदस्यहरुमा मोहन पाठक र माओवादीका तर्फबाट वासु घिमिरे गरी १६ सदस्यीय टिमको घोषणा गरिएको हो ।
कार्यक्रम नेकपा माओवादी केन्द्रका सदस्य विसेन्द्र चेम्जोङको प्रमुख आथिथ्यतामा भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो, माओवादी केन्द्र, राप्रपाका, जनता समाजवादी पार्टीका नेता कार्यकर्ता र व्यावसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय