उर्लाबारी, २८ साउन । भदौ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय समाप्त भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज भएको मनोनयन दर्तामा १६ पदका लागि ३४ उम्मेदवारले दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत महेन्द्र जंग तामाङले बताउनु भयो ।
कांग्रेस, माओवादी, जसपा र राप्रपा सम्मिलित ४ राजनैतिक दलको ‘लोकतान्त्रिक समावेसी व्यावसायीक साझा गठबन्धन’ का तर्फबाट अध्यक्षमा तारामान सिरेङ (लिम्बु) बरिष्ठ उपाध्यक्षमा निर्मला चौहान (निरु), उद्योग उपाध्यक्षमा प्रभु राई (दिलुङछा), वाणिज्य उपाध्यक्षमा रामप्रसाद राई (बाङगाई), महासचिवमा पवन चौधरी, उद्योग सचिवमा भेषबन्धु निरौला, वाणिज्य सचिवमा राजकुमार श्रेष्ठ (मकै), कोषाध्यक्षमा दशरथ यादव (बेचन), सदस्यमा केशव भट्टराई, मदनप्रसाद दहाल, दिपक कार्की, फुर्वा तामाङ (छिरिङ), सोमबहादुर गजमेरले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
संघको लेखा समिती संयोजक पदमा मनोज लुइटेल, सदस्यमा बासु घिमिरे र मोहनलाल पाठकले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
यस्तै एमालेको तर्पmबाट अध्यक्षमा राम बहादुर थापा, बरिष्ठ उपाध्यक्षमा ईन्द्र बहादुर भट्टराई, वाणिज्य उपाध्यक्षमा विकास बुढाथोकी, उद्योग उपाध्यक्षमा सुनिल बोहोरा, वाणिज्य सचिवमा विनिता दाहाल महासचिवमा सम्झना खतिवडा आर्चाय, कोषाध्यक्षमा नन्द कुमार दहाल (नविन), उद्योग सचिवमा यज्ञ बहादुर बस्नेत( भिरगाउले) सदस्यमा भगीमाया भट्टराई, तिर्थराज अधिकारी(कुमार), कपलेश्वर नायक सुडी रहनु भएको छ । लेखा समिती संयोजकमा अम्बर बहादुर धिमाल, सदस्यमा ईन्द्र बहादुर दहालको उम्मेदवारी परेको छ ।
विनोद न्यौपानेको अध्यक्ष, मनोहरी दहालको बरिष्ठ उपाध्यक्ष, ज्ञान कुमार श्रेष्ठको बरिष्ठ उपाध्यक्ष, टिका प्रसाद भट्टराईको महासचिव र स्वतन्त्रबाट महासचिवमै नुतन राई (पिके) को गरी ३४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय