उर्लाबारी, २३ असोज । नेपाली कांग्रेस उर्लाबारी वडा नम्वर-३ ले चाडपर्व लक्षित शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस वडा-३ को आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
उर्लाबारी-३ थापा चौकको दुर्गा मन्दिरमा आयोजित उक्त कार्यक्रम नेपाली कांग्रेसका महासमिती सदस्य एवम कोशी प्रदेश सदस्य अर्जुन तुम्रोकको प्रमुख आथिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती तुम्रोकले चाडपर्वले नेपालीहरु विचको एकतालाई जोड्ने र सामुहिकतामा एकताको भावलाई जोड्ने कार्य गर्ने गरेको बताउनु भयो
कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले पनि शुभकामना मनतव्य राख्नु भएको थियो।
कार्यक्रम वडा नम्वर-३ का सभापति रोहित कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन वडा सचिव प्रदिप संग्रौलाले गर्नुभएको थियो ।








