उर्लाबारी, २३ असोज । मोरङको उर्लाबारी नगरपालिका- ९ ले चाडपर्व लक्षित शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ ।
बुधबार वडा कार्यालयको सभाहलमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा वडाका विभिन्न संघ, सस्था, टोलविकास समितीका अध्यक्ष एवम् प्रतिनिधीहरु, नेपाल प्रहरीको सहभागितामा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न् भएको छ ।
वडा अध्यक्ष नर बहादुर तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा सदस्य प्रकाश कदङवा, गणेश किम्दाङ राई, विमला पोमु, लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा शुभकामना मनतव्य राख्दै वडा अध्यक्ष मोक्तानले जनभावना अनुरुपको कार्यगर्नमा वडा सदैव लागि परिरहेको बताउनु भयो । साथै उहाले प्राप्त स्रोत साधनको प्रयोग गरी वडावासीको चहानालाई क्रमश पुरा गर्दै लगिने पनि उहाले बताउनु भयो ।
साथै साही कार्यक्रममा बोल्दै वडा सदस्य कदङवाले चाडपर्वको समयमा हुन सक्ने विभिन्न चोरी, लुटपाटका घटनाहरुमा आवश्यक सुरक्षा अपनार मात्र हिडडुल गर्न अनुरोध गर्नभयो ।
कार्यक्रममा टोलविकास समितीका प्रतिनिधी, संघ सस्थाका प्रतिनिधीहरुले आपसमा शुभकामना आदन प्रदान गरेर खुशीयाली साटासाट गरे ।









