उर्लाबारी, २६ असोज । मोरङको उर्लाबारी जेसीजका पुर्व अध्यक्ष केशव सुवेदीको निधन भएको छ । ४६ वर्षिय सुवेदीको शुक्रबार राती करिव ११ बजे विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको हो ।
उर्लाबारी वडा नम्बर ४ निवासी सुवेदी कलेजोसम्बन्धी रोगबाट ग्रसित रहेको बताईएको छ ।
परिवारस्रोतअनुसार उनको पार्थिव शरिरलाई धार्मीक संस्कारअनुसार शनिबार अपरान्ह साडे १२ बजे अन्त्यष्टि गरिने बताईएको छ ।








