काठमाडौँ- पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणी पाठकले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार राति अस्पताल लगिएको थियो । रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन् ।
९६ वर्षीया उनको छातीमा समेत संक्रमण देखिए पनि अवस्था सामान्य रहेको जनाइएको छ । पाठकले भने, ‘उहाँको घाँटीमा कफ जम्नेलगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । केही दिन अस्पताल राखिने छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय