-दिलिप पोखरेल/ उर्लाबारी
साधारण फोटोकपी प्रिन्ट गरेको शुल्क कति लाग्ला ? सामान्यतः ४ रुपैयाँदेखि १० रुपैयाँ । यदि तपाईं उर्लाबारीमा नगरपालिकाको कार्यालय आइतबारेमा फोटोकपी गर्दै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् ।
फोटोकपीको नाममा तपाईंलाई आइतबारेमा ‘मुर्गा’ नै बनाउने गर्छन् ।




नगरपालिकाको कार्यालय पश्चिममा अवस्थित छ, ‘शिवशक्ति फोटोकपी एन्ड फोटो स्टुडियो’। यो फोटोकपी पसलले तपाईंलाई दिनदाहडै ठगी गरिरहेको छ । मंगलबार उक्त फोटोकपी पसलमा उर्एलाबारीका एक जना सञ्चारकर्मीलाई फोटोकपी पसलेले एउटा फोटोकपी गरेकै २० रुपैयाँ शुल्क माग्यो । हामीले ‘फोटोकापी गरेको २० रुपैयाँ हो भने बिल दिनुहोस्’ भनेपछि उक्त पसलका सञ्चालक हच्किए । एउटा पेजको फोटोकापी गरेको १६ रुपैयाँ लिए । जबकी यो शुल्क पनि धेरै महँगो र ठगी सरह हो । ती फोटोकपी पसलेलाई एउटा पेजको कसरी २० रुपैयाँ हो ? बिल बनाएर दिनुहोस् भन्दा मिति समेत नखुलाई उनले बिल बनाए । हामीले ती व्यापारीले बनाएको बिल भौचर पनि यसै समाचारमा प्रकासित गरेका छौँ । विद्युत आपूर्ति नियमित नभएर इन्भर्टरबाट प्रिन्ट गरेको हो कि भनेर हामीले शंका गर्यौँ तर उक्त समयमा आइतबारे क्षेत्रमा नियमित बिजुली आपूर्ति रहेको थियो ।
उर्लाबारीमै फोटोकापी पसल सञ्चालन गर्दै आएका एक जना व्यापारीसँग हामीले बुझ्दा साधारण फोटोकापी गरेको पैसाको अधिकतम् १० रुपैयाँभन्दा बढी लिनै पाइँदेन । धेरै फोटोकपी गर्दा उर्लाबारीमा ४ रुपैयाँ मै प्रिन्ट हुने गर्छ । उनले ६ वटा साधरण फोटोकपी गरेको १६ रुपैयाँ शुल्क लिए । लेखापढी व्यवसायीले स्वीकृत गरेको शुल्कभन्दा बढी लिएकाले यो स्पष्ट ठगी हो ।
हामीले उर्लाबारी बजार अनुगमनको जिम्मेवारी पाएकी उपप्रमुख मिना खतिवडालाई बजार अनुगमन सम्बन्धमा जिज्ञासा राखेर सोध्यौ ‘तपाईंले नगरपालिकाको कार्यालय परिसर आसपास २० मिटर क्षेत्रमा सञ्चालित पसलहरुको अनुगमन कहिल्यै गर्नुभएको छ ?’ उनले अक्कमकिदै एक पटक अनुगमन गरेको जवाफ फर्काइन तर कहिले गरेको भनेर भन्नै सकिनन् ।
नगरपालिकाले स्थानीय स्तरमा बिक्री वितरण हुने हरेक क्षेत्रका स्थानीय दररेट प्रकासित गर्नुपर्ने हुन्छ । र उक्त दररेट हरेक नागरिकलाई थाहा पाउने किसिमले राख्नुपर्ने हुन्छ यस सम्बन्धीको कानुनीको व्यवस्था थाहा छ भनेर उपप्रमुखलाई हामीले सोध्दा केही जानकारी नै नभएको बताइन् ।
सर्वसाधरणलाई कहिले फोटोकापी त कहिले अन्य बहानामा स्वीकृत दररेटभन्दा बढी पैसा लिएर ग्राहकलाई ‘मुर्गा’ बनाउने परिपाटीविरुद्धको कारबाही सम्बन्धमा उपप्रमुख खतिवडा स्वयंम बजार अनुगमन सम्बन्धमा अनिवज्ञ जस्तो बनेको पाइएको छ । गलत तरिकाले ग्राहकलाई पैसा बढी लिएर ठगी गरे कारबाहीको व्यवस्था के कस्तो छ भनेर हामीले सोध्दा उपप्रमुख खतिवडाले ‘उजुरी आए कारबाही गर्ने’ प्रतिक्रिया दिएकी छन् ।
उर्लाबारीमा पछिल्लो समय व्यवसायीहरू चर्को ब्याजका कारण ऋणमा डुब्ने र पलायन हुने पनि अवस्था छ । तर, गैरकानुनी रूपमा ग्राहकलाई तोकिएको भन्दा बढी मूल्य तिर्न लगाएर ‘मुर्गा’ बनाउँदैमा समस्या समाधान नहुने अर्थविद्हरूको भनाइ छ ।
अर्थविद् विपिन पौडेल भन्छन्,’व्यवसायीले तोकिएको शुल्कभन्दा बढी लिनु हुँदैन । सर्वसाधरणलाई थाहा छैन भन्दैमा मुर्गा बनाएर मुनाफा धेरै आर्जन गर्छु भन्दैमा समस्या समाधान हुँदैन ।’
केही हप्ताअघि चर्चित सामाजिक अभियन्ता आशिका तामाङले तोकिएको शुल्कभन्दा बढी रूपैयाँमा पानी बेचेको भन्दै सामाजिक सञ्जालमा हालेपछि एक जना व्यवसायीलाई सरकारले बजार अनुगमन गर्दा २ लाख रूपैयाँ जरिवाना गराएर छाडेको थियो ।
सर्वसाधरणलाई एउटा फोटोकपी गर्दा यति धेरै पैसा तिर्नुपर्ने बाध्यता उर्लाबारीमा छ भने अन्य क्षेत्रको व्यवसायीमा कति ठगीमा परेका छन् । यसबारे उर्लावारीको बजार अनुगमन समितिकी संयोजक उपप्रमुख खतिवडालाई हामी यो विषयलाई लिएर पटक पटक प्रश्न सोध्ने छौँ ।




