सिद्धार्थ बैंक लिमिटेडको उर्लाबारी शाखाले उर्लाबारी- ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।
शुक्रबार बैंकका उर्लाबारी शाखा प्रमुख उमेश लम्सालको नेतृत्वमा बैंकका कोशी प्रदेश प्रमुख सुवाश श्रेष्ठद्वारा आधुनिक प्रविधीले भरिपुर्ण उच्च गुणस्तरको ३ थान वाटर प्युरिफायर हस्तान्तरण गरिएको उर्लाबारी शाखाका मार्केटिङ विभाग प्रमुख सन्जोग भट्टराईले बताए ।




उनकाअनुसार अस्पतालमा बिरामी र सेवाग्राहीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हेतुले उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
यस्तै उनले उर्लाबारी शाखाको संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत वाटर प्युरिफायर हस्तान्तरण गरिएको जानकारी दिए ।
यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रविकुमार शाहले अस्पताल र सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरि बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।
अस्पताल परिसरभित्रै एटिएम मेसिन संचालनमा रहेको उक्त बैंकको उर्लाबारी शाखामा ९ हजार भन्दा बढि ग्राहक रहेको मार्केटिङ विभाग प्रमुख भट्टराईले बताए ।




