उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-२ बाट एक महिला बेपत्ता बनेकी छिन् ।
अन्दाजी वर्ष ३० की धनमाया घतानी (रोजिना सुनार) मंसिर १५ गते विहान ११ बजेतिर घरबाट उर्लाबारी जान्छु भनि हिँडेको र उर्लाबारीबाट विहान सम्म पनि घर नफर्किएपछि उनको परिवारले खोजतलास थालेको छ ।
खोजतलासका क्रममा आफन्त र ईष्टमित्र सवैतिर सम्पर्क गर्दा पनि फेला नपरेपछि बेपत्ता महिलालाई खोजिदिन ईलाका प्रहरी कार्यालय उर्लाबारीमा निवेदन दिएका छन् ।
परिवारका सदस्यका अनुसार उनले घरबाट हिड्दै गर्दा आफुलाई नखोज्नु, म अव कहिलै यो घरमा फर्किन्न, सवै हिसाव किताव कहा के छ भनेर यही कापीमा लेखी दिएको छु भन्ने नोट (चिठ्ठी) लेखेर बेपत्ता भएको जनाएको छ ।
उनले लेखेको नोट परिवारले विहान कोठा खानतलासी गर्दा फेला परेको बताएको छ ।
उनले ७ वर्ष अघि उमेश विश्वकर्मा सग प्रेम विवाह गरेकी हुन । उनका श्रीमान उमेश विश्वकर्मा बैदेशिक रोजगारीको शिलशिलामा हाल कतारमा रहेका छन ।
बेपत्ता महिलाको हुलियाः-
पुरा नाम- धनमाया घतानी (रोजिना सुनार)
ठेगाना उर्लाबारी नगरपालिका-२ मोरङ
विशेष हुलिया- बाया पट्टीको आखाको डिलमा घाउको खत भएको
हराएको बखत लगाएको लुगा- सेतो कालो कुर्ता सुरुवाल, कालो ज्याकेट र कालो रंगको स्यान्डल लगाएको, साथमा ब्राण्डको मोबाईलमा ९८०६९४७१०७ नम्बरको सिमकार्ड बोकेको ।
उचाई- ५ फिट
हराएको स्थान- उर्लाबारी, २ सुनपकुवा मोरङ
अनुरोध कर्ता- हर्क बहादुर विश्वकर्मा
सम्पर्क- नजिकको प्रहरी कार्यालय वा मो. नं. ९८१०४२८६३१ (आफन्त) ईलाका प्रहरी कार्यालय उर्लाबारीको मो. नं. ९८५२०९११४८








