उर्लाबारी । मोरङको उर्लाबारी-७ मा रहेको परोपकार सेवा केन्द्रको अध्यक्षमा जयधर्म आर्चाय सर्वसम्मत चयन हुनु भएको छ ।
मंगलबार सेवा केन्द्रको सभाहलमा भएको १५ औ वार्षिक साधरण सभाले आर्चायलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
साधरण सभाले सेवा केन्द्रको उपाध्यक्षमा यमुना राई, सचिवमा यज्ञ प्रसाद दहाल, कोषाध्यक्षमा चेतन सिग्देल, सदस्यहरुमा सीमा भट्टराई, सुजता भण्डारी, गायत्रा बराल, विकाश बुढाथोकी, गौरी प्रसाद भणडरी, टीका भण्डारी र लेखा समिती संयोजकमा मनोज भट्टराई, ओम खरेल र लिला बस्नेत गरी १० सदस्यि कार्यसमिती र ३ सदस्यि लेखा समिती सदस्य चयन गरेको छ ।
यस अघि यस सेवा केन्द्रको अध्यक्ष उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल रहनु भएको थियो । ३ वर्षे कार्यकाल पुरा गरी खरेलले आर्चायलाई पद हस्तानतरण गर्नु भएको हो । सेवा केन्द्रमा उर्लाबारीका २० भन्दा बढी जेष्ठ बृद्ध महिलाहरुले सेवा लिईरहेका छन् ।









