उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका- ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण हुने भएको छ ।
कोशी प्रदेश सरकारको बजेटमा पहिलो चरणमा अस्पताल परिसरमा करिब रु ३० करोड बजेटमा भवन निर्माणका लागि शहरी विकाश तथा भवन कार्यालय मोरङबाट ठेक्का आह्वान गरेको हो ।
चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माणका लागि प्रदेश सरकारबाट रु ९ करोड बजेट बिनियोजन भएपनि आर्थिक मामिला मन्त्रालयबाट बजेट श्रोत सुनिश्चित गराएर बहुवर्षिय योजना अन्र्तगत भवन निर्माण प्रक्रिया अघि बढेको सासद उमाकान्त गौतमले जानकारी गराउनु भयो ।
सम्पुणर् पक्रिया पुरा गरेर फागुन पहिलो साताबाट भवन निर्माण सुरु गर्ने लक्ष्य राखिएको शहरी विकाश तथा भवन कार्यालय मोरङका प्रमुख सुरेन्द्र लिम्बुले बताउनु भएको छ ।
भवन निर्माण हुने स्थानको मंगलबार सांसद् गौतम, कोशी प्रदेश योजना आयोगका सदस्य किशोरकुमार राई, कार्यालय प्रमुख लिम्बु, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रविकुमार शाह लगायतले अनुगमन गर्नु भएको छ । हाल सो अस्पतालमा सुविधा सम्पन्न भवन नहुँदा विरामीहरुलाई समस्या हुँदै आएको छ ।








