उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य सघमा निर्वाचित भएको १०० दिनको अवसरमा सडक दुर्घटना न्यूनीकरण गर्न पुर्वपस्चिम राजमार्गको २ स्थानमा ट्राफिक प्रहरीको स्ट्याचु राखिएको छ ।
पछिल्लो समय उर्लाबारी-पथरी सडक खण्डको नया मगलबारे र आईतबारे क्षेत्रमा सडक दुर्घटनामा परी ज्यानधनको क्षेती हुने क्रम बढेपछी सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने उद्देश्यका साथ नया मगलबारे र आईतबारेमा ट्राफिक प्रहरीको स्ट्याचु राखिएको उर्लाबारी उद्योग वाणिज्य सघका अध्यक्ष तारामान सिरेङले बताउनु भयो ।
सडकमा राखिएको ट्राफिक प्रहरीको स्ट्याचुले सडकमा आवत जावत गर्ने सवारी चालक र यात्रुहरूलाई ट्राफिक प्रहरीको सङकेत गर्ने र सचेत भइ यात्रा गर्न सजग गराउन सहयोग पुर्‍याउने उर्लाबारी नगरपालिका मेयर गगाप्रसाद खरेलले बताउनु भयो ।
उक्त कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य सघका वरिष्ठ उपाध्यक्ष ज्ञानू, महासचिव सम्झना आचार्य, काेषाक्षय दशरथ यादब (बेचन) कार्यसमिति सदस्य केशब भट्टराई, नगरपालिका उपप्रमुख मिनादेबी पौडेल, वाणिज्य सघका पुर्व अध्यक्ष शेरबहादुर भण्डारी, पुर्वजनप्रतिनिधी वडा नम्बर-३ का अध्यक्ष गन्जबहादुर कार्की , सोमप्रसाद तिम्सिना लगाएतको उपस्थिति रहेको थियो ।

१०० दिनभित्र सम्पन्न गरिएका कार्यहरु निम्न अनुसार छन ।

१) उर्लाबारी चाेकमा खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न गरियो

२) विभिन्न संघसंस्थामा प्रतिनिधि पठाउने कार्य सम्पन्न गरियाे ।

३) आव २०८१/८२ काे व्यवसाय नविकरणमा निशुल्क दुर्घटना विमा कार्यक्रम संचालन गरिरहेकाे छ।

४) कर्मचारी थप गरि कार्यलयमा सबै कार्यहरु कम्प्युटर मार्फत गरिने कार्य अघि बढिरहेको छ ।

५) पदाधिकारीहरुकाे कार्य बिभाजन गरि कार्य अघि बढिरहेको छ ।

७) उर्लाबारी उद्योग वाणिज्य संघ र उर्लाबारीकाे आमबाडी बजारमा सिसि क्यामेरा जडान कार्य सम्पन्न गरिएको छ।

८) व्यवसायीक  प्यान कर नविकरण संघमा नै २ दिने कार्यक्रम राखि सम्पन्न गरिएको छ।

९) चाडपर्वकाे अवसरमा नया व्यवसाय दर्ता गर्नुहुने व्यवसायीहरुलाई ५०% छुट सुबिधा कार्य सम्पन्न गरियो ।

१०) विभिन्न संघसंस्थामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरियो ।

११) उर्लाबारी नगरपालिकासग साैचालय मर्मत कार्यका लागि रुपैया पाच लाख प्राप्त गरि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

१२) बैंक तथा बित्तिय संस्थालाई निमन्त्रणा गरि शुभकामना तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।

१३) १०० दिनसम्म व्यवसाय नविकरण संख्या ३२८ जना

               नया व्यवसाय दर्ता ४९ जना

        उर्लाबारी क्षेत्रभित्रका पत्रकार २२ जनालाई वाणिज्य

        संघकाेतर्फबाट २२ जनालाई निशुल्क दुर्घटना विमा    

        प्रदान ।

        ३६३ जना व्यवसायीहरुलाई निशुल्क दुर्घटना विमा    

         सुविधा सम्पन्न गरियाे

१४) एक्सयल डेभलपमेन्ट बैंकबाट २० थान डस्टविन

      उर्लाबारी नगरपालिकाबाट ३० थान डस्टविन सहयोग   

      प्राप्त गरि बजार उत्तर दक्षिणमा डस्टविन राख्ने कार्य

       सम्पन्न गरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय