उर्लाबारी । मोरङको उर्लाबारी स्थित उर्लाबारी उद्योग वाणिज्य सघको पहलमा पुर्वपस्चिम राजमार्गमा मा राखिएको ट्राफिक प्रहरीको ‘मस्कट’ च्यात्तिएको छ ।
उर्लाबारी उद्योग वाणिज्य सघको नव निर्वाचित समितिको १०० दिन पूरा भएको अवसरमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ राखिएको ‘मस्कट’ माथि उचृङ्खलता गरि च्यातेको पाईएको छ ।
नया मगलबारे र आईतबारेमा राखिएको ‘मस्कट’ मध्ये आईतबारेमा राखिएको ट्राफिक प्रहरीको ‘मस्कट’ च्यात्तिएको हो ।
‘मस्कट’ माथी गरिएको उचृङखलताको बारेमा खोजबिन गरि आबश्यक कार्बाही गर्न उवासघ लागि पर्ने उर्लाबारी उद्योग वाणिज्य सघको अध्यक्ष तारामन सिरेङले बताउनु भयो । ‘मस्कट’ माथि गए राती उचृङ्खलता प्रस्तुत गरिएको हो ।








