उर्लाबारी । कोशी प्रदेश सरकारको मातहतमा रहेको प्रदेशकै एकमात्र सरकारी स्ततरको ट्रमा सेन्टरका रुपमा विकास भईरहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरले सीटी स्क्यान सेवाको विस्तार गरेको छ ।
कोशी प्रदेश सरकार मातहत रहेको उदयपुर, झापा र मोरङका ३ वटा प्रादेशीक अस्पताल मध्ये मोरङको उर्लाबारी–३ मंगलबारेमा रहेको अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्दै लगेको सरकारले उक्त अस्पतालको सेवालाई प्रभावकारी वनाउन सीटी स्क्यान सेवाको विस्तार गरेको कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले बताउनुभयो ।
२०४९ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पतालले राज्य पुर्नस्थापना पश्चात विकासको गतिमा फड्को मार्दैै आएको हो । देशको संघिय व्यावस्था अनुरुपमा २०७२ सालबाट स्थानिय सरकार मातहत संचालन भई स्तर उन्नती सहित १५ शय्याको अस्पतालको रुपमा परिणत भयो ।
अस्पताललाई २०७७ सालबाट कोशी प्रदेश सरकारले ट्रमा सेन्टरका विकास गर्ने र आकस्मिक सेवा प्रदान गर्ने लक्ष्यका साथ थप ३५ शय्या थपेर ५० शय्याको प्रदेश स्तरको ट्रमा सेन्टरका रुपमा विकास गर्दै लगेको छ ।
ट्रमा सेन्टरका रुपमा विकास भएसगै अस्पतालले आधुनिक उपकरण, आधुनिक प्रविधिको प्रयोग र विशेषज्ञ डाक्टरहरुको सेवा विस्तार गरे सगै हरेक वर्ष औषधमा करिब १ लाख १० हजार भन्दा बढी सेवाग्राहीले अस्पताल बाट लाभ लिएको मेडिकल सुपरीटेण्डेड डाक्टर रवि कुमार शाहले बताउनुभयो ।
जस अर्न्तगत ९७ हजार ५ सय १२ ले स्वास्थ्य विमा, आइपीडी तर्फ १ हजार ७ सय २५ र आकस्मिक सेवा मार्फत ७ हजार ८९ जना, मेजर र माईनर गरी १ हजार ६ सय ७६ जनाले सेवा प्राप्त गरे, ४ लाख ५३ हजार ८ सय ५२ वटा ल्याव परिक्षण, २३ हजार ६ सय १७ पटक एक्स–रे, १४ हजार १ सय ७३ पटक युयसजी, ६ हजार ९२ पटक ईसिजी, ४ हजार ६ सय ९२ पटक डेन्टल सेव, ३ हजार ४ सय पटक ईको सेवा लिने गरेको र सिटी स्क्यान सेवाको विस्तार सगै सो सख्यामा अस्पतालका मेडिकल सुपरीटेण्डेड डाक्टर रवि कुमार शाहले बताउनुभयो ।
अस्पतालको विकासका लागि कोशी प्रदेश सरकारले ट्रमा सेन्टरमा थप सुविधा थप्न सुविधा सम्पन्न भवन निर्माणका लागि ३० करोड बजेट विनियोजन गरेको छ । विनियोजि बजेट मध्ये चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माणका लागि सरकारले ९ करोड बजेट मार्फत भवन निर्माण प्रक्रिया अघि बढेको सासद शोभा चेम्जोङ पालुङवाले बताउनुभयो । भवन निर्माण र सेवा विस्तारमा प्रदेश सरकार लागि परेपनि अस्पतालमा रहेका कर्मचारीको समायोजन, रिक्त पदमा दर्बन्दी मिलान जस्ता कुराहरुमा प्रदेश सरकारले थप जिम्मेवार भएर कार्य गर्न सके अस्पतालले झापा, मोरङ, ईलाम, पाचथर र धनकुटाको पुर्वी भेगका सर्वसाधरणलाई थप प्रभावकारी सेवा प्रदान गर्न सकिने पालुङवाले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसदहरु उमाकान्त गौतम, विद्या चाम्लिङ, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले अस्पतालको विकासमा प्रदेश सरकार अहोरात्र लागि पर्नुपर्ने औल्याउनु भइको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजम्बर राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्वाफो, मिक्लाजुङ गाउपालिकाका अध्यक्ष बबि कुमार राई लगाएतको उपस्थिती थियो । कार्यक्रम अस्पतालका सूचना अधिकारी निराजन पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।








