धनपालथान । मोरङको धनपालथान गाँउपालिका–२ गोशाई पोखरी दशगजा नजिकै बाट प्रहरीले अबैध चाँदी बरामद भएको छ ।
गोप्य सुचनाको आधारमा प्रहरी शिव कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउदै गरेको १ हजार ६ सय ग्राम चाँदीका गरगहना बरामद गरेको हो ।
प्रहरीले चेकजाच गर्ने क्रममा कपडाकोे पोको फालेर एक महिला फरार भएपछि पोको चेकजाच गर्ने क्रममा चादीका गरगहना बरामद भएको प्रहरीले जनाएको छ ।
उक्त सामग्रीको हालको बजार मुल्य २ लाख ६० हजार बराबरको रहेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक सन्तोष कुमार खड्काले जानकारी दिए । फरार महिलाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय