उर्लाबारी । नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीको दोस्रो अधिवेशनले गजेन्द्र दंगाललाई पुनः अध्यक्ष चयन गरेको छ ।
शनिबार उर्लाबारीस्थित जय वशिष्ठ रिसोर्टमा सम्पन्न अधिवेशनमा दंगाललाई सर्वसम्मत अध्यक्षका रूपमा चयन गरिएको हो ।
अधिवेशनमा महिला उपाध्यक्षका लागि निर्मला रसाईली, सह–सचिवका लागि कविराज धिमाल र कोषाध्यक्षका लागि इश्वरीप्रसाद पौडेललाई सर्वसम्मत चयन गरिएको छ । यसका अतिरिक्त, खुल्ला दुई उपाध्यक्ष र सचिवका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।
उपाध्यक्ष पदका लागि खगेन्द्र पराजुली, राजिव लिम्बू, दिपक आले मगर र रमा थापाले उम्मेदवारी दिएका छन् भने सचिव पदमा पवन चौधरी, मिलन दाहाल, राजेन्द्र बास्तोला र बुलन पासवानको नाम अघि आएको छ ।
नगर सदस्यको रुपमा ४९ जनालाई सर्वसम्मत चयन गरिएको छ, जसबाट विभिन्न पदाधिकारीहरूको चयन हुने निर्वाचन संयोजक प्रेमप्रसाद घिमिरेले जानकारी दिए ।
उद्घाटन समारोहमा पार्टीका केन्द्रीय महासचिव देव गुरुङले प्रमुख अतिथिको रूपमा कार्यक्रम उद्घाटन गरे । यस अवसरमा मोरङ इन्चार्ज कुशल लिम्बू, पूर्वमन्त्री गणेश उप्रेती, केन्द्रीय सदस्य ममता राजवंशी, विशेन्द्र चेम्जोङ लगायतका नेता एवं कार्यकर्ता उपस्थित थिए।
अधिवेशनले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा अझ मजबुत बनाउने उद्देश्यले नयाँ नेतृत्व चयन गरेको बताएको छ । पार्टीका नेतृत्वद्वारा आगामी दिनमा माओवादी विचार र नीति स्थायीत्वका लागि काम गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय