उर्लाबारी वडा नम्बर १ टप्पुमा वर्षौंदेखी आर्थीक अभावका कारण निर्माण कार्य ओझेलमा परेको श्री रत्नेश्वर शिव पञ्चायन मन्दिरको निर्माण कार्य पुरा भई विधिवत रुपमा उद्घाटन भएको छ । गत माघ ९ गते उर्लाबारीका युवा व्यवसायी सचिन शाक्यद्वारा सो मन्दिरको विधिपुर्वक उद्घाटन गरिएको छ ।

गत पुष २५ गते निर्माणको सम्पुर्ण काम सम्पन्न भएसँगै निर्माण समितीले गत माघ ३ गतेदेखि १० गतेसम्म सप्ताह पुराण लगाई विधिपुर्वक मूर्तीमा प्राण प्रतिष्ठा भरेर धार्मिक परम्पराअनुसार उद्घाटन गरिएको मन्दिर निर्माण समितीका अध्यक्ष छत्र कठेतले जानकारी दिए ।

सो अवसरमा युवा व्यवसायी शाक्यले पूजाअर्चना सहित शंखध्वनी बजाई रिवन काटेर मन्दिरको उद्घाटन गरेका थिए ।

वि.सं‍.२०७५ साल भदौ पहिलो सातादेखी निर्माण कार्य सुरु गरिएको सो मन्दिर निर्माणको क्रममा रकम अभाव भएकोले निर्माण कार्य अलपत्र परेको अध्यक्ष कठेतले बताए । उनले भने,” हामीसँग आर्थिक स्रोत नभएकोले मन्दिरको निर्माण कार्य स्थगन भएको थियो । तर सिद्धार्थ एग्रीगेट प्रा.लि.ले हामीलाई धेरै ठुलो सहयोग गरेको छ ।”

 

यस्तै उनले मन्दिर निर्माणमा सिद्धार्थले पुराई, रंगरोङ्गन, टाली मार्वल, गजुर, ढोका निर्माण, बालुवा, सिमेन्ट खरिदलगायतमा करिव ५ लाख बराबरको सहयोग प्राप्त भएको जानकारी दिए ।

त्यस्तैगरी, उनले पूर्वीप्रेससँगको फोन सम्पर्कमा सिद्धार्थका संचालक युवा व्यवसायी सचिन शाक्यलाई धन्यवाद ज्ञापन गर्दै समस्त हिन्दुधर्मावलम्बीहरुलाई स्वच्छ मनले पूजाअर्चनाको लागि ढोका खुला रहेको बताए ।

सो मन्दिर करिव १० लाख लागतमा निर्माण सम्पन्न भएको निर्माण समितीका अध्यक्ष कठेतले बताए । यस्तै उनले मन्दिर निर्माण सम्पन्न गर्न सहयोग गर्ने सिद्धार्थ एग्रीगेटसहित मिक्लाजुङ गाउपालिका अध्यक्ष बबि राई, स्थानिय दिनेश शाहलगायत समस्त सहयोगी दाताहरुमा हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय