उर्लाबारी । मोरङको उर्लाबारी–३ मगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर कोशी प्रदेशमै उत्कृष्ठ अस्पताल बनेको छ ।
स्वास्थ्य निर्देशनालय धनकुटाले आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशमा रहेका ५० श्ययाको अस्पतालहरुको शुसासन व्यावस्थापन, क्लिनिकल सेवा र सर्पोट सेवा मातहत रहेका ९ सय २३ वटा सुचकहरु पुरा गर्दै उत्कृष्ठ बनेको अस्पताल प्रशासनले जनाएको छ ।
जस्मध्ये अस्पतालले शुसासन व्यावस्थापनमा १५ प्रतिशत, क्लिनिकल सेवामा ८४ र सर्पोट सेवामा ७९ प्रतिशत अंक प्राप्त गरेको छ । स्वास्थ्य निर्देशनालय धनकुटाले हरेक आर्थिक वर्षमा २ पटक गरेर अस्पतालले दिदै आएको सेवाको बारेमा लगत संकलन गर्ने गर्दछ । निर्देशनालयले संकलन गरेको लगतलाई नेपाल सरकार संघिय स्वास्थ्य मन्त्रालयले मापन गर्ने व्यावस्था रहेको छ ।
सिमित स्रोत, साधन र जनशक्तिको अभावमा सेवा दिदै आएको अस्पतालले कोशी प्रदेशमा रहेका ७ वटा ५० श्यया क्षमताका अस्पतालहरुको दाजोमा दोस्रो उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको हो ।
कोशी प्रदेशमा रहेका ५० श्यया क्षमताका अस्पतालहरु मध्ये सवैभन्दा धेरै अंक उदयपुर जिल्ला अस्पतालले ९० प्रतिशत, मदन भण्डारी अस्पतालले ८५ प्रतिशत, शंखुवासभा अस्पतालले ८५ प्रतिशत, सुनसरी जिल्ला अस्पतालले ८२, पाचथर अस्पतालले ७३, ईलाम अस्पतालले ७९ र धनकुटा अस्पतालले ७० र अंक प्राप्त गरेका छन् ।
कोशी प्रदेश सरकारको मातहतमा रहेको प्रदेशकै एकमात्र सरकारी स्ततरको ट्रमा सेन्टरका रुपमा विकास भईरहेको अस्पताल प्राप्त अंक सहित सेवा प्रवाहमा मपन तथ्यको ग्रिन जोनमा प्रवेश गरेको छ ।
कोशी प्रदेश सरकार मातहत रहेको उदयपुर, झापा र मोरङका ३ वटा प्रादेशीक अस्पताल मध्ये यस अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्दै लगेको छ । सरकारले अस्पतालको सेवालाई प्रभावकारी वनाउन सीटी स्क्यान सेवाको विस्तार गरेको छ ।
२०४९ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पतालले राज्य पुर्नस्थापना पश्चात विकासको गतिमा फड्को मार्दैै आएको हो । देशको संघिय व्यावस्था अनुरुपमा २०७२ सालबाट स्थानिय सरकार मातहत संचालन भई स्तर उन्नती सहित १५ शय्याको अस्पतालको रुपमा परिणत भयो ।
अस्पताललाई २०७७ सालबाट कोशी प्रदेश सरकारले ट्रमा सेन्टरका विकास गर्ने र आकस्मिक सेवा प्रदान गर्ने लक्ष्यका साथ थप ३५ शय्या थपेर ५० शय्याको प्रदेश स्तरको ट्रमा सेन्टरका रुपमा विकास गर्दै लगेको छ ।
ट्रमा सेन्टरका रुपमा विकास भएसगै अस्पतालले आधुनिक उपकरण, आधुनिक प्रविधिको प्रयोग र विशेषज्ञ डाक्टरहरुको सेवा विस्तार गरे सगै हरेक वर्ष औषधमा करिब १ लाख १० हजार भन्दा बढी सेवाग्राहीले अस्पताल बाट लाभ लिएको मेडिकल सुपरीटेण्डेड डाक्टर रवि कुमार शाहले बताउनुभयो ।
जस अर्न्तगत ९७ हजार ५ सय १२ ले स्वास्थ्य विमा, आइपीडी तर्फ १ हजार ७ सय २५ र आकस्मिक सेवा मार्फत ७ हजार ८९ जना, मेजर र माईनर गरी १ हजार ६ सय ७६ जनाले सेवा प्राप्त गरे, ४ लाख ५३ हजार ८ सय ५२ वटा ल्याव परिक्षण, २३ हजार ६ सय १७ पटक एक्स–रे, १४ हजार १ सय ७३ पटक युयसजी, ६ हजार ९२ पटक ईसिजी, ४ हजार ६ सय ९२ पटक डेन्टल सेव, ३ हजार ४ सय पटक ईको सेवा लिने गरेको र सिटी स्क्यान सेवाको विस्तार सगै सो सख्यामा अस्पतालका मेडिकल सुपरीटेण्डेड डाक्टर रवि कुमार शाहले बताउनुभयो ।
अस्पतालको विकासका लागि कोशी प्रदेश सरकारले ट्रमा सेन्टरमा थप सुविधा थप्न सुविधा सम्पन्न भवन निर्माणका लागि ३० करोड बजेट विनियोजन गरेको छ । विनियोजि बजेट मध्ये चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माणका लागि सरकारले ९ करोड बजेट मार्फत भवन निर्माण प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय