उर्लाबारी रनर गुपले सिमित स्रोतको बाबजुद उर्लाबारी नगरपालिका बाहिर संचालन हुने रनमा उर्लाबारीको प्रतिनिधित्व गराउदै आएको छ ।
उक्त ग्रुपले उर्लाबारी रनका अलवा मोरङको लेटाङ रन, टंकिसिनवारी रन, झापाको शिवसताक्षी रन, भोजपुरको मुन्धुम ट्रायल रेश, मिरिक १० किमीलगायतका रनमा सहभागिता जनाउदै आएको छ ।




हरेक वर्ष तिहारमा देउसीभैलो खेलेर संकलित रकम र शुभेच्छुकहरुबाट स्वइच्छाले प्राप्त हुदै आएको सहयोग रकमले हालसम्म उक्त ग्रुप चल्दै आएको ग्रुपका संयोजक प्रभू राईले बताए । राईकाअनुसार स्थानिय सरकारमा खेलकुदमा रकम विनियोजन भएतापनि उक्त ग्रुपलाई हालसम्म समेत कुनै सहयोग प्राप्त भएको छैन । उनले भने,” पटकपटक स्थानिय सरकारसँग पहल गरेका छौँ तर दौडको लागि कुनै सहयोग प्राप्त भएको छैन ।”
यस्तै उनले धावकहरुसँग केवल सम्बन्धित दौड प्रतियोगिताको प्रवेश शुल्क मात्र लिन गरेको बताए । उनीहरुलाई हरेक प्रतियोगिता स्थलसम्म यातायातको सुविधा( पुर्याउने र ल्याउने) उपलब्ध गराउनुका साथै आवास र खाजा÷खानाको समेत नि:शुल्क व्यवस्था गराईदै आएको उनले बताए ।
यस्तै उनले रनर ग्रुपलाई आर्थिक स्रोत अभाव भएको औंल्याउदै स्थानिय सरकारबाट सहयोगको अपेक्षा लिईएको बताए ।
यसैबिच शनिबार सम्पन्न १३औं धरान १० किलोमिटर रनमा उर्लाबारीको प्रतिनिधित्व गराउदै उर्लाबारी रनर ग्रुपले सहभागिता जनाएको छ । ग्रुपको तर्फबाट आज विहान ३१ जनाले दौडमा सहभागिता जनाएको संयोजक राईले बताए ।
हाल उक्त ग्रुपमा ६० भन्दा बढि धावकहरु आवद्ध रहेका छन् ।




