उर्लाबारी । मोरङको उर्लाबारी–४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पसको नेतृत्व सहमतीका आधारमा गरिएको छ ।
देशै भरी आज स्ववियु नेतृत्वका लागि निर्वाचन भईरहेको भएतापनि यस क्याम्पसमा भने आगामी २ वर्षका लागि सहमतिमै नया समिती चयन भएको छ ।
नयाँ कार्यसमितिका लागि राजनीतिक दल र विद्यार्थीहरुको उपस्थितीमै सहमती र सहकार्यलाई मुलबाटो बनाएर नेतृत्व चयन भएको हो ।
समितिको अध्यक्षमा नेविसंघका पोषण आचार्य चयन भए,उपाध्यक्षमा अनेरास्ववियुका गौतमबुद्ध तामाङ, सचिवमा अनेरास्ववियुकै नितेश तिम्सिना, सहसविमा नेविसंघका सन्दिप बुढाथोकी र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका छत्रबहादुर कार्की चयन भएका छन् ।
सदस्यमा उज्वल फोम्बो लिम्बू, कौशल तिवारी, मनिषकुमार दास, विजय खड्का, अनिल कार्की, आकृति भट्टराई, रक्षा कार्की, किरण अधिकारी, एरोन बस्नेत, बर्षा शर्मा, विश्वास राई, स्मृति दनुवार, विनोद नेपाल र अजय खतिवडा रहेका छन् । नया समितीमा रहेका सवैलाई निर्वाचन समितीले आज एक कार्यक्रमका विच प्रमाणपत्र र सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
यसैबीच, अन्तिम नामावली प्रकाशन भइसकेको अवस्थामा सहमतिको नाममा १ हजार १६ जना विद्यार्थीको अधिकार कुण्ठित गरिएको भन्दै अखिल क्रान्तिकारीले विरोध जनाउँदै भागवण्डामा परेको कोषाध्यक्ष र सदस्य पद अस्वीकार गरेको जनाएपनि क्रान्तिकारीका तर्फबाट चुनिएका कोषाध्यक्ष छत्रबहादुर कार्की र सदस्य किरण अधिकारीले प्रमाणपत्र लिई सपथ ग्रहण गरेका छन् ।
आजको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाल स्वयम् सहभागी थिए । तर, अखिल क्रान्तिकारी क्याम्पस इकाइ कमिटी अध्यक्ष तथा स्ववियुमा अध्यक्ष पदका उम्मेद्वार उर्गेन घिसिङ तामाङले भने विज्ञप्ती निकाल्दै कोषाध्यक्ष र सदस्य पद अस्वीकार गर्ने जनाएका थिए ।
उर्लाबारी बहुमुखी क्याम्पसलाई स्थापना कालदेखि नै अनेरास्ववियुको बर्चश्व रहेको क्याम्पसका रुपमा हेरीएको भएतापनि विगत २ वर्ष देखी सो क्याम्पसमा स्ववियको नेतृत्व नेविसंघले आफ्‌नो पोल्टामा पार्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय