उर्लाबारी । सवै उमेर समुहका नेपालीहरु विच लोकप्रिय रहेको फुटबल प्रतियोगिता पछिल्लो समय मोफसलमा भेट्रान फुटबल प्रतियोगिताका नामले पनि लोकप्रिय बन्दै गएको छ ।
सोही अनुरुप मोरङको उर्लाबारीमा चैत २७ गतेदेखि सुरु हुने तेस्रो उर्लाबारी भेट्रान फुटबल प्रतियोगिताको तयारीका लागि आयोजक ‘उर्लाबारी भेट्रान्स फुटबल क्लब’ का पदाधिकारी र खेलप्रेमी सहयोगि मनहरु भेट्रान प्रतियोगिता गराउन विभिन्न ठाउमा पुग्ने गरेका छन् ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका गरी १० टिमको सहभागितामा संचालन हुन लागिरहेको प्रतियोगिताका लागी करिब ५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ जस्का लागि आवश्यक पर्ने प्रायोजक, सहप्रायोजक र सहयोगि संघसस्था जुटाउन दौडधुप चलिरहेको क्लवका कोषाध्यक्ष विक्रम चापागाईले बताउनुभयो ।
प्रतियोगिता विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नया खेलाडीलाई फुटबल प्रति चासो बढाउने र खेलप्रेमी दर्शकहरुलाई मनोरञ्जन गराउने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा व्यवस्थापनदेखि प्रतियोगिता सञ्चालनसम्मका सबै तयारी तीव्र पारिएको आयोजक क्लवका अध्यक्ष दिपक पोमुले बताउनु भयो ।
प्रतियोगिता चैत्र २७ देखी बैशाख ६ गते सम्म सम्म राधिका माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ ।








