उर्लाबारी । मोरङको उर्लाबारीमा जारी दोस्रो अन्तर कलेज (+२ तह) फुटबल प्रतियोगिता को फाईनल उपाधी रक्षाका लागि पशुपति आमाबी र राधिका माबि भिड्ने भएका छन् ।
पशुपति आमाबिले दोस्रो सेमिफाइनल खेलमा डि–कम कलेज लाई २–० गोल अन्तरले हराउदै राधिका माबी संगको फाईनल भेट पक्का गरेको हो ।
पहिलो सेमिफाइनलमा राधिका माबिले सडनडेथमा सुनगाभा आमाबीलाई स्तब्ध पार्दै फाईनल यात्रा तय गरेको थियो । प्रतियोगिताको फाईनल चैत २५ गते हुने छ
प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उप–बिजेता ले ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोगक उर्लाबारी फुटबल क्लबले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय