पथरी
नयाँ वर्षको सोमबार साझ मोरङ्गको पथरीशनिश्चरे ३ पिपलचौकमा सांगितीक माहौल वडदै थियो । स्थानिय एक क्लवले नयाँ वर्ष सागितिक साझ आयोजना गरेको थियो । साझ ७ वजे पछि विस्तारै कार्यक्रम स्थल वरपर भिड बडदै थियो । स्थानिय नृत्य समुहले नृत्य प्रस्तुत गर्दै थियो । उदघोषकले कार्यक्रममा चर्चित कलाकारले प्रस्तुती दिने उदघोषण गर्दै थिए । रातीको ९ वजे पछि भने सांगितीक कार्यक्रममा महौल एकाएक भावुक वन्यो ।

गायक नन्दु गुरुङ्ग स्टेज चडनु अघि उत्साहित बनेको दर्शक एकाएक भावुक वन्यो । गायक गुरुङ्गले आमाका नाममा नयाँ गित ल्याउन लागेको र आफ्नी आमा पनि कार्यक्रम हेर्न आएको सुइको पाए अनि आमालाई स्टेजमा बोलाए । गायक गुरुङ्गकी आमा गुरुङ्ग जव स्टेज चढिन गायक गुरुङ्ग आमाका चरणमा परे । उनले आमाको खुट्टा ढोगेको क्षण धेरै भावविहल भएका थिए । उनी आमाका गला अवरुद्ध भए भने स्टेजमै उनी खुसीले आशु खसालिन । आफ्ना गाउलेमाझ गित गाउन पाउनु र आमालाई गित सुनाउदा बेग्लै आनन्द आएको गुरुङ्गले बताए । गुरुङ्गले पदम थापाको शब्दमा आउन लागेको गित ‘मेरी आमा हौ तिमी ममताकी खानी हौ’बोलको गितको दुई टुक्रा समेत सुनाए ।
गुरुङ्गले भन्दै थिए ‘प्यास लागेको पानीले मात्र मेटछ त्यस्तै मनको प्यास आफ्नै गाउँमा आएर गाउदा मात्रै मेटछ’ । गु्रुङ्गले करिव आधा दर्जन गित सुनाउदा दर्शक दिर्घा सबै कुरा भुलेर झुमेको थियो । वरपर भएका दर्शकले भन्दै थिए गायक गुरुङ्गले आजको कार्यक्रममा करौडो कमाएर नपाउने खुसी आमालाई दिएका छन् ।
गायक गुरुङ्गले सो क्षण आफ्ना गितहरु मन पराउछु भन्छे,सँग सँगै कान्छि,आउँदैछु पियारि,मुटु त ढुकढुक कलेजो भ्याटभ्याट,सपनामा आउने…………लगायतका आधा दर्जन गित गाएका थिए ।




सोहि सांगितीक कार्यक्रममा वाल गायकको चर्चा कमाएका अशोक दर्जी,गायक तथा संगितकार ताराविर पाण्डे गायक राज लोहार, पालम गायीका कर्मिला आङदेम्वे लगायतले आफ्नो प्रस्तुती दिएका थिए । स्थानिय त्रिवेणी युवा क्लवले आयोजना गरिएको सो कार्यक्रममा गायक दर्जीलाई सम्मान समेत गरिएको थियो ।




