उर्लाबारी । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धीत २ सय केजी मुग्री माछा नष्ट गरेको छ । हालको बजार मुल्य अनुसार करिव ५० हजार रुपैया बराबरको प्रतिबन्धीत माछा नष्ट गरेको हो ।
स्वास्थ्यका कारण सरकारले प्रतिबन्ध लगाएको मुंग्री माछा विक्रिका लागी मोटरसाईकलमा उर्लाबारी बजार तर्फ ल्याउदै गरेको अवस्थामा शुक्रबार ईलाका प्रहरी कार्यालयको टोलीले मोटरसाईकल सहित करिब १ सय केजी मुग्री र बाकी अवैध रुपमा ल्याउदै गरेको अन्य प्रजातीको १ सय गरी २ सय केजी माछा नियन्त्रणमा लिएर नष्ट गरेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक रञ्जन बरालले बताउनु भयो ।

प्रहरीको टोलीले शुक्रबार विहान गस्तीका क्रममा उर्लाबारी नगरपालिका–७ स्थित बरगाछी चौकमा बा. ९. प. ३६२९ नम्बरको मोटरसाईकलमा लोड गरी उर्लाबारी बजार तर्फ ल्याउदै गर्दा प्रहरीलाई देखेपछि मोटरसाईकल चालक माछा छोडेर भागेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको माछालाई स्थानिय सरकारको प्रतिनिधी, भेटेनरी शाखाका कर्मचारी र पत्रकारको रोहवरमा स्थानिय बक्राह खोलामा नष्ट गरिएको छ ।
स्वास्थ्यका कारण नेपाल सरकारले थाइ हाइब्रिड प्रजातिको मुंग्री माछा विक्रिवितरणमा प्रतिबन्ध लगाएको भएपनि खुला सिमानाकाका कारण भारतबाट नेपालमा लुकीचोरी अवैद्धरुपमा यस्ता माछाहरु भित्रने गरेका छन् ।
बिज्ञहरूका अनुसार यस प्रजातिका माछा अत्यधिक मांसाहारी हुने र यसले पोखरीमा भएको अन्य सबै प्रजातिका माछाहरू खाने गर्दछ । माछापालक र व्यापारीहरुले तिनलाई छिटो हुर्काउन सिनो र बोसो दिने गरेका छन् ।
नेपालमा पालिने मुंग्री माछा हुर्काउन फर्मालिनयुक्त माछाको आन्द्राभुँडी, भैंसीको मासुको अखाद्य अंश, सिनो आदि प्रयोग गरिन्छ । जसका कारण जल प्रदुषण हुनुका साथै माछामा अत्यधिक मात्रामा हेभि मेटल समेत पाइने गर्दछ । जसका कारण क्यान्सर, अर्थराटिस, मधुमेहलगायतका घातक रोगहरू निम्तिने गरेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय