उर्लाबारी । मोरङको उर्लाबारीमा सन्त निरंकारी मण्डलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न् गरेको छ ।
मानव एकता दिवसको अवसर पारेर मण्डलले उर्लाबारी–७ बरगाछी चौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
“मानिसको रगत नालीमा हैन, नाडीमा बगाऔँ“ भन्ने नाराका साथ सन्त निरंकारी मण्डल नेपाल उपशाखाको उर्लाबारी युनिटले आयोजना गरेको कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको सेवा दलका सदस्य राजिव दियालीले बताउनु भयो ।
२०६२ सालमा स्थापना भएको संस्थाले विश्वका १०६ राष्ट्रमा सामाजिक कार्य गर्दै आएको मण्डलले जनाएको छ । उर्लाबारी उपशाखामा हाल ७२ जना सदस्य सक्रिय छन् ।
कार्यक्रममा वडा नम्वर–७ का अध्यक्ष उर्मिला थापा, वडा सदस्य मनमाया तामाङ लगाएतले कार्यक्रम सफताको शुभकामना राख्नु भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधी सहित सञ्चार क्लब नेपाल उर्लाबारीका पूर्व अध्यक्ष जगन्नाथ भट्टराई, सञ्चार क्लबका वर्तमान अध्यक्ष कुमार खड्का ,सञ्चारकर्मी टीका सिम्खडा लगायतको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उर्लाबारी शाखाको प्राविधिक सहयोगमा सम्पन्न् भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय