उर्लाबारी चोकस्थित मेचि चश्मा घर तथा आई क्लिनीकले आँखासम्बन्धी गुणस्तरिय जाँच सेवा प्रदान गर्दै सेवाग्राहीको विश्वास जित्दै गएको छ। विशेषगरी हरेक शुक्रबार प्रदान गरिने निःशुल्क आँखा जाँच सेवाले समुदायमा राम्रो प्रभाव पारेको छ।
वि.सं. २०७७ सालदेखि सञ्चालनमा आएको सो आई क्लिनिकलाई कमल गाउँपालिका–२ सुनाराका २६ वर्षीय अफथाल्मिक टेक्निसियन मनिष सुवेदीले सञ्चालन गर्दै आएका छन्। उनकाअनुसार उक्त चश्मा घरमा हरेक दिन ३० देखि ३५ जना सेवाग्राहीले आँखासम्बन्धी जाँच तथा परामर्श लिने गरेका छन्।




सो चश्मा घरमा हरेक दिन डा. संगिता यादवद्वारा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विशेषज्ञ सेवा प्रदान गरिन्छ।
अत्याधुनिक प्रविधियुक्त उपकरणको प्रयोग हुने उक्त चश्मा घरमा आँखाको सम्पूर्ण जाँचसँगै उच्च गुणस्तरका लेन्स, चश्मा र सनग्लास समेत सुलभ मूल्यमा उपलब्ध छन्।
सेवाको गुणस्तरका कारण चश्मा घरमा उर्लाबारी मात्रै नभई पथरीशनिश्चरे, दमक, रतुवामाई र मिक्लाजुङ क्षेत्रका सेवाग्राही समेत आउने गरेका छन्।

सञ्चालक सुवेदीका अनुसार, “हामी आँखा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सबै वर्गका मानिसलाई सहज सेवा दिन प्रतिबद्ध छौँ। अहिले निःशुल्क सेवा विशेषगरी वृद्ध, बालबालिका र आर्थिक रूपले कमजोर वर्गका लागि प्रभावकारी सावित भएको छ।”
मेचि चश्मा घरले आँखा जाँच सेवासँगै आँखासम्बन्धि उचित परामर्श प्रदान गर्ने अभियानलाई समेत निरन्तरता दिदै आएको छ ।




