उर्लाबारी । मोरङको उर्लाबारी–२ मगरबारे स्थित डुम्रेमा जारी चौथो डुम्रे कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुनगाभा बोर्डिङ स्कुल विजयी बनेको छ ।
“खेलकुदमा एकता, हरियालीको पहल सशक्तता’’ भन्ने मूल नाराका सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनगाभा बोर्डिङ स्कुलले नेपाल आदर्श स्कूललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
सुनगाभाका लागि प्रयास भुजेलले २, उज्जवल निरौला १र सिवान बिकले १ गरी ४ गोल गरेका थिए । नेपाल आर्दशका लागि एक मात्र सान्तवाना गोल बिज्ञान शर्माले फर्काएका थिए ।
प्रतियोगिताको म्यान अफ दि म्याच सुनगाभाका प्रयास भुजेल घोषित भए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने छ ।
आजको पहिलो खेल होलि चाइल्ड उर्लाबारी–६ र शिशु शिक्षा सदन उर्लाबारी–९ साथै दोस्रो खेल सुनपकुवा मा बी उर्लाबारी–२ र प्रतिभा बोर्डिङ उर्लाबारी–८ विच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय