गोपाल काफ्ले (पथरी) । “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नारा बोकेको नेपाल जेसिज पथरी शाखाले पथरी शनिश्चरे क्षेत्रमा लामो समय देखि स्वास्थ्य क्षेत्रकम काम गर्दै आएका दुई स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।
पथरी जेसिज वर्ष २०२५ को सप्ताहव्यापी कार्यक्रमको अवसर पारेर पुराना स्वास्थकर्मी बसन्त लिम्बु र पबित्रा काफ्लेलाई सम्मान गरेको हो । उहाँहरुले पथरी शनिश्चरेमा स्वास्थ्य क्षेत्रमा पुर्याएको योग्दानको मुल्याङकन गर्दै पथरी जेसिजले सम्मान गरेको जनााएको छ ।
दुई विशिष्ट ब्यात्ती पथरी शनिश्चरे क्षेत्रमा २०४०/०५० साल देखि फरक धारबाट समुदायमा सेवा गर्दै आउनु भएका स्वास्थ्य क्षेत्रमा रहेका व्यक्तित्वहरुलाई सम्मान गर्न पाउदा धेरै खुसी लागेको पथरी जेसिज अध्यक्ष निर्मला भट्टराईले बताउनुभयो । भट्टराईले आउने दिनमा समेत यस्तै समुदायमा रहेर समाज सेवामा समर्पित ब्यात्तीत्वहरुको पहिचान गरि सम्मान गर्ने बताउनु भएको छ ।
पथरी शनिश्चरे नगर क्षेत्रमा सामाजिक काममा सकृय पथरी जेसिजले जेठ ११ देखि १७ गते सम्म जेसिज सप्ताह कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय