उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–१ हिलेडाँगीबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन ।
प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले ३१ वर्षीय सनम माझीलाई पक्राउ गरेको हो ।
प्रहरी सहायक निरीक्षक राजकुमार दर्नालको कमाण्डमा खटिएको टोलीले माझीको घर खानतलासी गर्दा ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद गरेको हो । प्रहरीले उनलाई घरमै लुकाएर राखिएको अवस्थामा लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
माझीको घरबाट Vomine लेखिएको ट्याब्लेट १० पत्ता (१०० गोटी), Antikof लेखिएको ट्याब्लेट ७० पत्ता (७०० गोटी) Tramado लेखिएको क्याप्सुल ७० पत्ता (७०० क्याप्सुल), नगद रु २,१०० र मोबाइल फोन २ थान बरामद गरेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक रञ्जन बरालले बताए ।
पक्राउ परेका माझीलाई थप कानुनी प्रक्रिया अघि बढाउन इप्रका उर्लाबारीमा राखिएको छ । उक्त स्थान इलाका प्रहरी कार्यालय उर्लाबारीबाट करिब ५ किलोमिटर पश्चिम–उत्तर दिशातर्फ पर्छ ।
प्रहरीले लागूऔषध नियन्त्रण अभियान अन्तर्गत अवैध गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कानुन अनुसार कडाइका साथ कारवाही गरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय