उर्लाबारी । मोरङको उर्लाबारी–१ मा जनप्रतिनिधि र न्यायिक समितीको मिलेमत्तोमा सर्वसाधारणको जमिन कब्जा गरिएको आरोप सार्वजनिक भएको छ ।
उर्लाबारी नगरपालिका–१ का अध्यक्ष तिकल कुमार पाण्डे, उनका ससुराली लालबहादुर खड्का र न्यायिक समिती संयोजक मिनादेवी पौडेलकै संलग्नतामा स्थानिय नैनसिंह पाण्डेको ३ कठ्ठा जमिन हडपीदिएपछि, पाण्डे न्यायको खोजीमा भौंतारिन बाध्य भएका छन् ।
मोरङको उर्लाबारी नगरपालिका–१ मा वडा अध्यक्ष तिलक कुमार पाण्डे, उनका ससुराली लालबहादुर खड्का र न्यायिक समिती संयोजकसमेत रहेकी उपमेयर मिना देवी पौडेलमाथि जमिन हडप्ने गम्भीर आरोप लागेको छ ।
सोही वडाका स्थायी बासिन्दा नैनसिंह पाण्डेले साविक मधुमल्ला–८ (ख) को कित्ता नं. १४७ र २९८ अन्तर्गत रहेको जम्मा १ विगाह १५ कठ्ठा १ धुर जमिन वर्षौंदेखि भोगचलन गर्दै आएका थिए ।
तर हाल वडा अध्यक्ष पाण्डे र उनका ससुराली खड्काको मिलेमत्तोमा ती जमिनमा एकलौटी नापी गराएर जमिनमा लागएको मकै बालीनै मासेर ३ कठ्ठा जमिन हडपेपछि, उनि मर्कामा परेका छन् ।
नैनसिंह पाण्डे अनुसार–“आफूले भोगचलन गर्दै आएको जमिन अमिनमार्फत नापी गरेर प्रमाणित गराउँदा पनि त्यसको किल्ला वडा अध्यक्ष पाण्डेले आफैं उखालेर फाले, वडा अध्यक्षले किल्ला मात्रै फालेनन् मेरो जमिनमा लागएको मकै नष्ट गरियो, ससुरालीको पुर्जा नभएको जमिन अमिन ल्याएर नापी गरेर मेरो श्रेष्ता कायम भएको जमिनमा आलि नै लगाईदिए ।”
नैनसिह पाण्डेको नातामा भतिजो पर्ने वडा अध्यक्ष तिलक पाण्डे र उनका ससुरालीले दिएको पिडाको भारि बोकेर न्याय खौज्दै उनि गत चैत ५ गते निवेदन सहित उर्लाबारी नगरपालिकाको उजुरी दर्ता गर्न पुगे, तर उपमेयर एवम् समिती संयोजक मिना देवी पौडेलले उजुरी लिनै अस्वीकार गरेपछि उनि थप पिडित बनेको बताउदै पाण्डेले भने–“न्यायको ढोका ठोकेँ, तर त्यही ढोकामा ताल्चा लगाउने काम न्याय दिने भनिएका उपमेयरले गरिन्‌” त्यो देखेर म स्तव्ध बने । ”
पीडित पाण्डेले न्यायिक समिती संयोजक र वडा अध्यक्ष एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधी भएकै कारण दलगत साँठगाँठकै कारण आफूले न्याय पाउन नसकेको बताएका छन् ।
पाण्डेले निवेदन लिएर न्यायिक समितीमा जादा आफ्‌नो सुनुवाई हुनुभन्दा पनि दलगत साठगाठकै कारण जनप्रतिनिधिको ओछ्यानमा न्याय सुतेको आभाव आफुलाई परेको उनले सुनाए ।
जनप्रतिनिधिकै आडमा बलजफ्ती जमिन कब्जा गरिएको गुनासो नैनसिह पाण्डेले गरेपछि हामीले यस विषयमा वडा अध्यक्ष पाण्डेसँग प्रतिक्रिया लियौ, जहा “वडाध्यक्ष पाण्डेले नैनसिंह पाण्डेले नै अझै बढी जमिन भोगचलन गरिरहेको र पुर्जाको जमिन भन्दा पनि नक्साका आधारमा जमिन छोड्न र आफुहरु तयार रहेको प्रतिक्रिया दिए।”
उर्लाबारीमा न्याय माग्ने नागरिकहरूकै भरोसाको ढोका ठप्पिँदै गएपछि केही स्थानीयवासी बालकृष्ण कार्की र पूर्व वडाध्यक्ष मचिन्द्र कुमार कार्कीले पनि वडा अध्यक्ष र उनका ससुरालीले मिलेर ‘भूमिगत कब्जा खेल’ खेल्न खोजेको हुन सक्ने बताए ।
जनताको सेवक मानिएको स्थानिय सरकारकै प्रतिनिधीलाई ‘भूमिगत कब्जा खेल’ खेलेको आरोप लागेपछि हामीले उपमेयर मिना देवी पौडेललाई प्रतिक्रिया माग्दा पौडेलले क्यामेरामा बोल्न इन्कार गर्दै “पीडित नै उपस्थित नभएको” भन्ने कचकच जवाफ फर्काईन ।
उर्लाबारी–१ को यो घटना एउटा प्रतिनिधी घटना मात्रै हो, न्याय दिने भनिएको संरचनाले नै नागरिकको चित्कार थिचिदिंदा, लोकतन्त्रको आत्मा नै कुहिएको महसुस हुन्छ । जब न्यायिक समिती संयोजक नै दलगत स्वार्थमा पन्छिन्छिन्, तब नागरिकको अन्तिम आस बनाउने संविधान पनि मौन देखिन्छ र न्याय खोज्नेको आवाज दबाउने सत्ता, पहुँच, र नाताको सहायतामा भूमिगत सौदाबाजी गर्ने प्रवृत्ति तत्काल रोकिएन भने, स्थानीय सरकार नागरिकका लागि होइन, सत्ता संरक्षण गर्ने ‘संस्थागत दलाल’ बन्ने खतरा उर्लाबारीमा देखीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय