काठमाडौं । नेपालमा यौन श्रममा संलग्न व्यक्तिको संख्या ८६ हजार ८०९ पुगेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ। महिला, कानुन र विकास मञ्च (FWLD)ले आयोजना गरेको कार्यक्रममा यो तथ्यांक सार्वजनिक भएको हो।

कार्यक्रममा यौन श्रम र मानव बेचबिखन फरक विषय भएको र यौन श्रमलाई मानव अधिकारको सन्दर्भमा हेर्नुपर्नेमा जोड दिइयो। अनुसन्धानकर्ता दिदीक्षा सिंहले यौन श्रमसँग जोडिएका कानुनी प्रावधान र संशोधन प्रस्तावबारे प्रस्तुति दिइन्।

उनका अनुसार हालको कानुनले यौन श्रमलाई अपराधको रूपमा लिएको छ, जसले हिंसा बढाउने खतरा छ। अधिवक्ता नवीन श्रेष्ठ र सञ्जय तिमल्सिनाले सरकारको संशोधन प्रस्तावले पनि यौन श्रमिकको अधिकार सुरक्षित नहुने बताए।

“यौनकर्मीले रेडलाइट एरिया या नोरडिक मोडल होइन, श्रमलाई मानव अधिकारसँग जोड्न खोजेका हुन्,” तिमल्सिनाले भने। कानुनी मान्यता नभए पनि यौन श्रमको निरअपराधीकरण आवश्यक रहेकोमा उनीहरूले जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय