विराटनगर । पूर्व भूमिसुधार मन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा एक महिलाले दुर्व्यवहार र गोप्य अंग खानतलासीको आरोप लगाउँदै मुद्दा दायर गरेकी छिन्।
पीडित महिलाका अनुसार चैत २२ गते सुब्बासहित गोपाल शाह (ससुरा) र सुनिता घिमिरे माइतीघरमै आएर जबरजस्ती शरीर तलासी र बेइज्जती गरेका थिए।




महिलाले श्रीमान र ससुराबाट यातना पाएपछि अंश र सम्बन्धविच्छेद मुद्दा दायर गरेर माइतीमै बस्दै आएकी हुन्। जाहेरी अनुसार, सुब्बाले आफ्नो राजनीतिक हैसियत देखाउँदै मुद्दा फिर्ता गर्न दबाबसमेत दिएका थिए।
सुब्बाले भने आफू छलफलका लागि मात्र गएको र आरोप अतिरञ्जित गरिएको दाबी गरेका छन्।




