विराटनगर, ३१ असार । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा जन्मजात रूपमा सुन्न र बोल्न नसक्ने बालबालकहरूका लागि पहिलोपटक ‘कोक्लियर इम्प्लान्ट’ प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको छ।

अस्पतालले सोमबार पत्रकार सम्मेलन गरी काठमाडौँ बाहिर पहिलोपटक यस्तो सेवा सुरु गरिएको जानकारी दिएको हो। अस्पतालका निर्देशक प्रा. डा. राजेश नेपालका अनुसार दुई जना बालकमा सफल सर्जरी गरिएको हो, जसपछि उनीहरूले बाह्य ध्वनि सुन्न थालेका छन्।

“बाल्यकालदेखि नै श्रवण समस्याले पीडित ती बालकहरू अब केही समयभित्र बोल्न पनि थाल्ने आशा गरिएको छ,” प्रा. डा. नेपालले बताए।
उनका अनुसार सफल सर्जरीको यो अनुभवले जन्मजात श्रवण अपांगता भएका अन्य बालबालिकाका लागि पनि आशाको नयाँ ढोका खोलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय