उर्लाबारी, १७ साउन । नेपाल आदिवासी जनजाती महासंघको उर्लाबारी नगर अध्यक्षमा प्रेम याख्खा सर्वसम्मत चयन हुनुभएको छ ।
आदिवासी जनजाती महासंघको ५ औ नगर अधिवेसन तथा १६ औ वार्षिक साधरण सभाबाट आगामी ३ वर्षे कार्यकालका लागि याख्खा अध्यक्षमा चयन हुनुभएको निर्वाचन समिती संयोजक रुद्र तामाङले बताउनु भयो ।
आदिवासी जनजाती महासंघमा उर्लाबारी नगरपालिकाबाट प्रतिनिधित्व गर्ने विभिन्न १३ जातिहरुमध्येबाट आएका प्रतिनिधीबाट ११ सदस्यि कार्यसमिती चयन भएको छ ।
जस्को उपाध्यक्षमा सिता भुजेल, शुकुरमुनी बेस्रा, मनिराज राई र बविता दनुवार, सचिवमा शुशिला मगर, सहसचिवमा मान बा. धिमाल, महेश शाक्य, अन्जु लिङदेन रहनु भएको छ भने कोषाध्यक्षमा गजेन्द्र तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।
निर्वाचित पदाधिकारीलाई निर्वाचन मण्डलीका संयोजक रुद्र तामाङले पद तथा गोपनियताका सपथ खुवाउनु भएको थियो ।
सपथ ग्रहण पश्चात नवनिर्वाचित अध्यक्ष याख्खाले आगामी ३ वर्षे कार्यकालममा जातिय उथ्थान, सस्कार र सस्कृतिको जर्गेनामा कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उर्लाबारी–३ स्थित किरात राइ यायोख्खाको सभाहलमा सम्पन्न कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई नेपाली कांग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बु, उर्लाबारी–४ का वडाध्यक्ष कल्याण कुमार राई लगाएत आदिवासी जनजाती महासंघका नेताहरुले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।








