उर्लाबारी, १८ साउन । ‘संगठित प्रयास समस्याको निकास, नागरिक दायित्व स्थानिय विकास’ भन्ने मुल भावका साथ स्थापना भएको सामुदायिक विकाश मञ्च उर्लाबारीको अध्यक्षमा पुनः प्रेम बोहोरा चयन हुनुभएको छ ।
मञ्चको २८ औ वार्षिक साधरण सभा तथा ११ औ चुनावी सभाले अध्यक्ष पदमा पुनः बोहोरालाई सर्वसम्मत चयन गरेको र नवनिर्वाचन समितीका पदाधिकारीलाई आगामी मंगलबार सपथग्रहण गराईने निर्वाचन मण्डलीका सदस्य दिपक भट्टराईले बताउनुभयो ।
मञ्चको उपाध्यक्षमा घनेन्द्र प्रसाद दुलाल, सचिवमा दिपेश नेपाल, सह–सचिवमा बविता ढुङगाना, कोषाध्यक्ष बेदनिधी पौडेल, सदस्यमा ध्रुब चन्द्र पराजुली, निर्माला कार्की, कुशल नेपाल र डम्बर कुमारी आर्चाय रहनु भएको छ ।
मञ्चले २०५५ सालदेखी गाउवासीमा सामाजिक जागरणका कार्यहरु सक्रियता पुर्वक गर्दै आएको छ । भने हरेक वर्ष असोज ३ गते उर्लाबारीकै पहिचानका रुपमा रहेक उर्लाबारी रन समेत आयोजना गर्र्दै आएको छ । जस्मा देश तथा विदेशका गरी करिव १ हजार जना धावकहरुले सहभागिता जनाउदै आएका छन् ।
उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणी पौडेलको प्रमुख आथिथ्यतामा सम्पनन मञ्चको २८ औ वार्षिक साधरण सभाको अवसरमा आयव्याय समेत सार्वजनिक गरेको छ । जस्मा २५ लाख ८ हजार ७ सय ३८ रुपैया र बैक मौज्दात ८९ हजार ४ सय ५८ रहेको प्रतिवेदन मञ्चका सचिव दिपेश नेपालले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अथिती पौडेलले गाउवासीमा सामाजिक सचेतना फैलाउने उदेश्यका साथ स्थापना भएको सस्थाले उर्लाबारीको पहिचानलाई देश तथा विदेशमा पुर्‍याउन विभिन्न कार्यक्रम मार्फत महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनु भयो । साथै नवनिर्वाचित पदाधिकारीलाई आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममामा मञ्चका सल्लाहाकार गजेन्द्र दंगाल, ढुण्डीराज भट्टराई, वडा सदस्य पवित्रा विश्वकर्माले शुभकामना मनतव्य राख्नु भएको थियो ।
कार्यक्रम मञ्चका कार्यबहाक अध्यक्ष घनेन्द्र दुलालको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय